5 years ago
February 11, 2021
चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४ र २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५ र २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन् ।
यसै गरि सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी पनि आजको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन भएको महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ नेपाल नम्बर एक भोजपुरकी नङ्सलदेवी तामाङलाई २१–१४ र २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छिन् ।
यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरीका मनिषा खड्कालाई २२–२० र २१–१५ ले, सेनाकी अनुमाया राईले एपिएफकी शोभा गौचनलाई २१–१३ र २१–११ले, कैलालीकी प्राथना देउवाले कैलालीकी प्रियानसी बमलाई २१–५, २१–६,
सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजबंशीले वुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१-१०, २१-७, सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डङ्गोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१-६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१-१६, २१-१२ ले पराजित गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]