default_image

General

May 9, 2016

कार्कीको लपु–लुम्बिनी दौड

धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्‍यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]

May 9, 2016

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पोखरा, २६ बैशाख नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र […]

May 7, 2016

आचार्यको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चलो आज १२औं साधारण सभामाझ नयाँ कार्यसमितिको निर्वाचन गरेको छ| १२ सदस्यीय कार्यसमितिको गठनका लागि उपाध्यक्ष पदमा निर्वाचन गर्नुपरेको थियो भने बाँकि सबै पदमा निर्विरोध उम्मेदवारी परेको थियो| महेश आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भए भने दुर्गानाथ (देवेन्द्र) सुवेदि प्रथम उपाध्यक्षमा निर्विरोध रहे| ६७ मत खसेको मध्य क्रमश: ४२ र ४० मत हसिल […]

patrick romania

May 7, 2016

मैदानमा लडेका क्यामरुनका खेलाडिको मृत्यु

२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको  असामयिक निधन भएको छ । खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो । उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ । प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।

Ronaldo

May 4, 2016

रोनाल्डो सिटि बिरुद्ध सुरुवाती ११मा

च्याम्पियन्स लिगको दोस्रो सेमि फाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रीडका लागि कृस्टिएनो रोनाल्डोले म्यान्चेस्टर सिटि बिरुद्ध सुरुवात गर्ने छन । तिग्राको चोटका कारण अघिल्लो ३ खेलमा बाहिर रहेका रोनाल्डो सिटि बिरुद्धको पहिलो लेगमा पनि खेल देखि बाहिर थिए । उनी ला लिगामा रियाल सोसिइडाड बिरुद्दको जितमा पनि आरम गरेका थिए भने आजको खेल भन्दा १ […]

virat kohli ipl rcb 2016

April 24, 2016

विराट कोह्लिको पहिलो सतक

रोयाल च्यालेन्जर ब्याङ्लोरका कप्तान विराट कोह्लीले टि २० क्रीकेटमा पहिलो पटक सेन्चुरी प्रहार गरेका छन । जारी ईन्डियन प्रीमियर लिग (आइपिएल)मा गुज्रात लायन्स बिरुद्ध कोह्ली ले ६३ बल खेल्दै कोह्ली ले ११ चौका र १ छक्काको मद्धत ले १०० रन जोडेका हुन । बेङलोरले २० ओभर खेल्दै गुज्रात सामु १८१ रनको लक्ष्य तयार पार्यो ।

April 22, 2016

अमेरिकी डोजोबाट खेल्ने सुनिल पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली कराँते खेलाडी सुनिल लामा अमेरिकाको डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियोबाट अमेरिकाको न्यूयोर्कमा हुन लागेको हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा खेल्ने पक्का भएपछि उनी अमेरिकी डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । उक्त च्याम्पियनसिपमा लामासँगै जनकसिंह खड्काले पनि प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप […]

April 16, 2016

कोलकाता नाइट राइडर्सले हैदरावादलाई ८ विकेटले हरायो

कप्तान गौतम गम्भिरको अविजित अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सनराइजर्स हैदरबादलाई ८ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको हैदरावादले इयान मोर्गानको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादलाई मध्यम स्कोरमा रोक्ने क्रममा कोलकाताका उमेश यादवले ३, मोर्ने मोर्केलले २ तथा रसेलले १ […]

April 16, 2016

गाउमा खेलाडी उत्पादन गर्दै पाचथर क्लब

दिपक बोहोरा ,पाचथर बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ । पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत […]

April 16, 2016

रेस्लिङको उपाधी नुवाकोट टाइगर र काराइकाजेलाई

काठमाडौं, बैशाख ४ नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष […]

Success

Thank you for your time.