June 13, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा खेदकुदको बिकासका लागी भन्दै गठन भएको पाँचथर क्लबको प्रथम अधिबेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ । सदरमुकाम फिदिममा भएको अधिबेशनले अनुराग मगरको अध्यक्षयतामा १३ सदस्यसिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविरमा तुम्बाफो र निशान शिवाकोटि रहनु भएको छ । भने महासचिबमा जगदिश ढुङगेल चयन हुनु भएको छ । […]
June 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका शंकर गौतमले शुक्रबार पत्र बुझेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गौतमलाई जेठ १७ गते मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । गौतमले चौथो दक्षिण एसियाली खेलकुदको टेबलटेनिस पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए । गौतमसंग विश्व च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको र निर्णायकको भूमिका निर्वाह गरेको अनुभव […]
June 10, 2016
दिननाथ बराल पोखरा २८, गते दक्षिण एसियाली खेलकुद (साग) मा स्वण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ । सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज […]
June 7, 2016
यही जेष्ठ २६ गतेबाट ललितपुर जिल्ल टेबल टेनिस सघं र पाटन जेसिसको संयुक्त आयोजनामा पहिलो पहिलो समझना ल्याबारेटोरी उपत्यका ब्यापी खुल्ला टेबल टेनिस हुने भएको छ । बिरेन्द्र अन्त राष्ट्रिय स्पोर्ट्स कम्प्लेक्स, सतदोबाटोमा हुने प्रतियोगिताको उदघाटन आपुर्ती मन्त्री गणेश पुनले गर्ने छन । चार दिन सम्म चल्ने प्रतियोगिताकोलागि सृजना ल्याबले ५० हजार, म्याक्स मिडियाले […]
June 7, 2016
सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ| रंगशाला स्थित खेल […]
June 5, 2016
पेरिस, जेठ २३ (एजेन्सी)– झन्डै ५० बर्षयता लगातार टेनिसका ४ वटा ग्रान्डस्लाम उपाधि जित्ने नोभाक जोकोभिच पहिलो खेलाडी बनेका छन् । एन्डी मुरेलाई ३¬–६,६–१,६–२,६–४ ले हराउँदै जोकोभिचले फ्रेन्च ओपन जितेपनि यस्तो कीर्तिमान बनाउका हुन् । चौथो फाइनलमा जोकोभिचले पहिलो पटक फ्रेन्च ओपन जितेका हुन् । शीर्षवरियताका उनको ग्रान्डस्लाम उपाधिको संख्या अब १२ पुगेको छ । […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वीरगणेशमान कप राष्ट्रिय महिला पूरुष ह्याण्डबल प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको छ । कपन आकासेधार स्थीत ह्याण्डबल मैदानतमा शुक्रबार सम्पन्न खेलहरुमा पुरुष तर्फ आयोजक सदाबहार खेलकुद समाजको ए टिम सहित हिमालय क्लब बाटुलेचौर, तथा एपिफ क्लब र नेपाल आर्मी सेमिफाइनलमा पुग्न सफल भएका छन । सदाबहारले मध्यमाञ्चललाई १० का विरुद्ध ६ […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर […]
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)- पश्चिमाञ्चलकी विपना परियारले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पनि राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् । बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल […]
May 31, 2016
काठमाडौं – ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता, पूर्व खेलाडी र प्रशिक्षकहरुलाई एकै थलोमा मंगबार सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन । आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए […]