September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।
September 29, 2024
एजेन्सी – न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंकाले क्लिनस्विप गरेको छ । न्युजिल्यान्डविरुद्ध श्रीलंकाले दोस्रो टेस्टमा फराकिलो जित हात पारेको छ । श्रीलंकाले पाहुना टोलीमाथि दोस्रो टेस्टको चौथो दिन आइतवार १ इनिङ र १ सय ५४ रनको जित हासिल गरेको हो । जित सँगै घरेलु टोलीले सिरिजमा २-० ले क्लिनस्विप गरेको छ । पहिलो खेलमा घरेलु टोलीले […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै […]
September 29, 2024
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]
September 29, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]
September 29, 2024
एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]
September 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]
September 28, 2024
एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]
September 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]