1 year ago
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको थियो ।
ओमान यो टि ट्वान्टी सिरिजको पहिलो खेल खेल्दैछ । दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् । नेपालको जितको लय हराईसकेको अवस्था छ ।
प्रमुख ब्याटरहरुबाट जिम्मेवार ब्याटिङको प्रदर्शन गर्न आवश्यक छ । क्यानडा टुरका क्रममा नेपालले खेलेका चार वटै खेलमा केही बाहेक मुख्य मानिएका ब्याटरबाट अपेक्षित प्रदर्शन हुन सकेन ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
नेपाल र ओमान हालसम्म टि ट्वान्टी आईमा ६ पटक आमनेसामने सामने भएका छन् । जसमा समान ३ पटक जित र हार भएको छ । पछिल्लो ५ भेट मध्ये ३ खेलमा नेपाल विजयी हुँदा २ खेल ओमानले जितेको छ ।
नेपाल र ओमानबीचमा भएको पछिल्लो खेल ओमानले सुपर ओभरमा जितेको थियो। गत वर्ष आइसिसी एसिया छनोटको फाइनल खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाए पछि खेल बराबरी भएको थियो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाएपछि पराजित भएको थियो ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]