default_image

अन्तर्राष्ट्रिय

November 29, 2017

चेल्सीका लुइजमाथि रियलको चासो

लण्डन (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडले आउदो जनवरी ट्रान्सफरमा इङ्लिस क्लब चेल्सीका ब्रजिलियन रक्षक डेभिड लुइज भित्राउन तयार रहेको जनाएको छ । ब्रजिलियन रक्षक लुइज र प्रशिक्षक एन्टेनियो कोन्टेबीच पछिल्लो समय विवाद बढ्दै गएको खबर सार्वजनिक भएको मौकाको फाइदा उठाउने योजनामा रियल रहेको उल्लेख गरिएको छ । ३० वर्षे लुइज युइएएफए च्याम्पियन्स लिग अन्र्तगत […]

November 29, 2017

कोपा डेल रेमा रियल रोकियो, एग्रिगेटमा विजयी

म्याड्रिड (एजेन्सी) – कोपा डेल रेमा स्पेनिश च्याम्पियन रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २-० ले जितेको रियल एग्रिगेटमा ४-२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । फिउनलाब्राडाले २५ औं मिनेटमा गोल गर्दै खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । सो गोल लुइस मिलरले गरेका थिए […]

November 29, 2017

युनाइटेड विजयी, टोटनह्याम पराजित

वाटफोर्ड (एजेन्सी) – गए राति खेलिएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ ले हराएको छ । युनाइटेडको जितमा एस्लि योङले दुई गोल गरे । खेलको १९ औं र २५ औं मिनेटमा विङ-ब्याक एस्लि योङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा एन्थोनि मार्सियालले गोल गर्दै स्कोर ३-० बनाए । ट्रोय […]

November 28, 2017

चोटमुक्त बेल पुनरागमनको तयारीमा

म्याड्रिड (एजेन्सी)– चोटमुक्त भएका रियल म्याड्रिडका ग्यारेथ बेल कोपा डेल रेमा फुनलाब्राडासँगको खेलमा उत्रने सम्भावना रहेको छ । महिनाको सुरुआतमा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएका वेल्सका स्टार अहिले चोटमुक्त भएको बताइएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले घरेलु मैदानमा आज तेस्रो श्रेणीको टोलीविरुद्ध हुने खेलमा बेललाई उतार्ने सम्भावना छ । सेप्टेम्बर २६ मा च्याम्पियन्स लिगमा बोरुसिया […]

United

November 28, 2017

प्रिमियर लिगमा युनाइटेड आज वाटफोर्डसँग भिड्दै

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज वाटफोर्डको सामना गर्दै छ । वाटफोर्डको घरेलु मैदान ‘द हथर्न्स’मा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । युनाइटेडले यो शनिबार ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित हांसिल गरेको थियो । प्रशिक्षक जोसे मौरिन्होले आजको खेलमा गर्ने टोलीमा केहि परिवर्तन दिने […]

November 27, 2017

म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए । हडर्सफिल्डले पहिलो हाफको अन्त्यमा निकोलस ओटामेन्ड्को आत्मघाती गोलमार्फत खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमै सिटीले सर्जियो अगुएरोको पेनाल्टीमार्फत स्कोर १-१ बनाएको थियो । त्यस्तै खेलको […]

November 27, 2017

काभानी र नेयमार चम्किँदा पिएसजीले मोनाकोलाई हरायो

मोनाको (एजेन्सी) – फ्रान्सेली लिग १ मा साविक विजेता एएस मोनाकोलाई पेरिस सेन्ट जर्मन (पिएसजी)ले २-१ ले हराएको छ । पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले गोल गरेका थिए । खेलको १९ औं मिनेटमै भ्रमणीय टोली पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो । जुलियन ड्राक्सलरको पासमा  काभानीले गोल गर्दै स्कोर १-० बनाएका थिए । […]

November 27, 2017

बार्सिलोना र भ्यालेन्सिया रोकिए

भ्यालेन्सिया (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रोमा रहेको भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको छ । भ्यालेन्सियाका लागि रोड्रिगो मोरेनोले गोल गरेका थिए भने बार्सिलोनाका लागि जोर्डि अल्बाले गोल गरेका थिए । ला लिगाको शीर्ष स्थानमा रहेका दुई टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६० औं मिनेटमा मोरेनोले […]

mbappe neymar

November 26, 2017

पिएसजी र मोनाको लिग १ मा भिड्दै

मोनाको (एजेन्सी) – फ्रेन्च लिग १ को पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज दोस्रोमा रहेको मोनाकोसँग भिड्दै छ । मोनाकोको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ । पिएसजीका लागि थोमस म्युनियर टोलीमा फर्किँदै छन् भने जाभियर पास्टोरेले मिडफिल्डमा स्थान पाउने देखिन्छ । मोनाकोबाटै लोनमा रहेका किलियन […]

November 26, 2017

निर्णायक गोलपछि रोनाल्डोले प्रेमिकालाई समय दिए

म्याड्रिड (एजेन्सी)– निर्णायक गोल गर्दै ला लिगामा रियल म्याड्रिडलाई जिताएपछिको रात सुपरस्टार क्रिस्टियानो रोनाल्डो प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ सहरकै निकै चहलपहल हुने ठाँउमा देखिएका छन् । रोनाल्डोले चार खेल देखिको गोल खडेरीलाई तोडेपछि घरेलु मैदानमा रियलले मालागामाथि ३–२ को जित हासिल गरेको थियो । टोलीका लागि महत्वपूर्ण गोल गरेपछि खुसीयाली साट्ने क्रममा देखिएका थिए । […]

Success

Thank you for your time.