default_image

अन्तर्राष्ट्रिय

July 9, 2019

भारतलाई फाइनलमा पुर्याउन सक्ने ३ खेलाडी

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा भारत उपाधि नजिक छ । तेस्रो पटक विश्वकप जित्ने धुनमा रहेको भारतले आज फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज दिउँसो ३:१५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् […]

July 9, 2019

नेपाललाई उपाधि जित्न सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङले फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् […]

July 9, 2019

मेस्सीलाई थप कारवाही गर्ने तयारी

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ । दक्षिण अमेरिकाको फुटबल संघ (कन्मेबल) ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ । ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको खेलमा मेस्सीले रातो कार्ड पाएपछि […]

July 8, 2019

जेससले माफी मागे

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेससले कोपा अमेरिका २०१९ को फाइनलमा गरेको व्यवहारलाई लिएर समर्थकसँग माफी मागेका छन् । पेरुविरुद्ध ३-१ को जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गरेका जेससले दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले रेफ्रीप्रति आक्रोश व्यक्त गर्दै निराशा जनाएका थिए । मैदानबाट बाहिर […]

July 8, 2019

भारतलाई स्तब्ध पार्न सक्ने ४ खेलाडी

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड् भिड्ने छन् । जुन खेल मंगलबार म्यानचेस्टरमा हुनेछ । भारत शीर्षक्रम र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाड्नु परेको थियो । न्युजिल्यान्ड लक्की टिम समेत हो । पाकिस्तानलाई नेट रनरेटमा […]

July 8, 2019

आयोजक मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ […]

July 8, 2019

व्यक्तिगत अवार्डमा ब्राजिलको वर्चस्व

एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल नवौं पटक च्याम्पियन बनेको हो । प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो । यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको […]

July 8, 2019

ब्राजिल कोपा अमेरिका च्याम्पियन !

एजेन्सी – घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गर्नुका साथै दोस्रो हाफमा रातो कार्ड खाए । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो […]

July 7, 2019

सुनीलको दुई गोलका बाबजुद भारत पराजित

एजेन्सी – फरवार्ड सुनील क्षेत्रीले पहिलो हाफमै दुई गोल गरेपनि भारत हिरो इन्टरकन्टिनेन्टल कपको पहिलो खेलमा ताजिकिस्तानसँग ४-२ ले पराजित भएको छ । खेलको चौथो मिनेटमा नै भारतले अग्रता लिएको थियो । सुनीलले पेनाल्टीमा गोल गर्दै भारतलाई अगाडि बढाएका थिए । पहिलो हाफको अन्तिम समयमा सुनीलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारे । […]

July 7, 2019

सुनिल क्षेत्रीले मेस्सीलाई उछिने

एजेन्सी – भारतीय राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सुचिमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई पछाडि पारेका छन् । आइतबार ताजिकिस्तानविरुद्ध जारी खेलमा गोल गर्दै सुनीलले मेस्सीलाई उछिनेका हुन् । उनले खेलको चौथो मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै राष्ट्रिय टोलीका लागि ६९ औं गोल गरेका हुन् । सुनीलले राष्ट्रिय टोलीका […]

Success

Thank you for your time.