default_image

6 years ago

July 9, 2019

भारतलाई फाइनलमा पुर्याउन सक्ने ३ खेलाडी

168 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा भारत उपाधि नजिक छ । तेस्रो पटक विश्वकप जित्ने धुनमा रहेको भारतले आज फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज दिउँसो ३:१५ पछि म्यानचेस्टरमा सुरु हुनेछ ।

भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाँड्नु परेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले लिग चरणमा इंग्ल्यान्डसँगको खेलमा मात्रै पराजित हुँदा अन्य सबै टोलीलाई सहजै हराएको छ । यता न्युजिल्यान्ड अष्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित भएको थियो ।

त्यसअघि वामअर्प खेलमा भने न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । सम्रग नतिजा हेर्दा न्युजिल्यान्ड भनदा भारत तुलनात्मक रुपमा बलियो पनि देखिन्छ । न्युजिल्यान्ड सन् २०१५ को उप विजेता हो । भारत सन् २०११ को च्याम्पियन टोली हो । भारतले जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहिन छ । एक खेल बराबरीमा सकिएको छ । गत फ्रेबुअरीमा भारतले न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा पाँच वान डे खेल ४–१ ले हराएको थियो । त्यसैले पनि भारतको मनोबल उच्च छ । मध्यक्रम र तल्लोक्रमको ब्याट्सम्यान भने भारतको कमजोरी पक्ष हो । भारतको जितमा शीर्षक्रमका ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीको प्रर्दशन निर्णायक बन्दै आएको छ ।

विश्वकपमा भारत र न्युजिल्यान्डबीच कुल ८ खेल भएको छ । त्यसमा न्युजिल्यान्ड ४ र भारत ३ खेलमा विजयी भएका छन् । एक खेल वर्षाको कारण रद्ध भएको छ । यी तीन खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डमाथि सहज जित निकाल्दै सहजै भारतलाई फाइनलमा युर्याउन सक्छन् ।

३. विराट कोहली (ब्याट्सम्यान)

भारतीय टिमका कप्तान तथा प्रमुख ब्याट्सम्यान विराट कोहलीलाई रन मेसिन पनि भन्ने गरिन्छ । कोहली टोलीको आवश्यता अनुसार आक्रमक र रक्षात्मक दुबै शैलीमा ठूलो इनिङ खेल्न सक्छन् । कोहलीको नाममा सर्वाधिक छिटो १० हजार रन पुरा गर्नेदेखि थुप्रै विश्व कीर्तिमान छन् ।

आधुनिक क्रिकेटमा नम्बर वान ब्याट्सम्यानको छवि बनाएका उनले आफ्नो उत्कृष्ट लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । उनले ८ खेलमा ५ अर्ध शतक सहित कुल ४ सय ४२ रन बटुलेका छन् । कोहलीले अष्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, वेस्टइन्डिजर इंग्ल्यान्डसँगको खेलमा क्रमश: ८२, ७७, ६७, ७२ र ६६ रन जोडेका थिए ।

कोहली विश्वकपमा पहिलो शतकको पर्खाइमा छन् । कोहलीले २ सय २७ वान डे इनिङमा ४१ शतक र ५४ अर्ध शतक सहित कुल ११ हजार २ सय ८५ रन बनाइसकेका छन् । विराट जारी विश्वकपमा ठूलो इनिङको पर्खाईमा छन् । उनले आफ्नो प्रर्दशनमा भारतको जित पक्का गर्न सक्छन् ।

२. जसप्रित बुमराह (बलर)

तीव्र गतिका बलर जसप्रित बुमराहलाई आधुनिक क्रिकेटमा तीनै फर्म्याटका खेलमा सर्वोत्कृष्ट बलर मानिन्छ । बुमराहको मुख्य विशेषता योर्कर बल हो । बुमराहले पावर प्ले र डेथ ओभरमा भारतको बलिङ सम्हाल्दै आएका छन् । यस विश्वकपमा उनले ८ खेलमा १७ विकेट लिइसकेका छन् । उनले ५७ वान डे खेलमा १ सय २ विकेट लिएका छन् ।

बुमराहको बलमा धेरै ब्याट्सम्यान रन बटुन्ल भन्दा पनि रोक्नमा नै ध्यान दिन्छन् । उनको बलमा रन जोड्न ब्याट्सम्यानलाई सहज देखिदैन । योर्करका माहिर बुमराहले आफ्नो उत्कृष्ट प्रर्दशनमा भारतलाई सहजै फाइनमा पुर्याउन सक्छन् ।

१. रोहित शर्मा (ओपनर)

भारतीय टोलीका ओपनर रोहित शर्मा अदभुत क्षमता भएका ब्याट्सम्यान हुन् । रोहितले जारी विश्वकपमा ५ शतक प्रहार गर्दै विश्व रेकर्ड कायम गरेका छन् । उत्कृष्ट लयमा रहेका रोहितलाई रोक्न न्युजिल्यान्डका बलरलाई सहज पक्कै हुने छैन । रोहितको प्रर्दशन भारतको लागि महत्वपूर्ण हुने छ । रोहितले यस विश्वकपमा ८ खेलमा ५ शतक र १ अर्ध शतक सहित कुल ६ सय ४७ रनका साथ शीर्षस्थानमा छन् ।

उनले दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकाससँगको खेलमा शतक प्रहार गरेका थिए । उनी ठूला सर्ट र इनिङको लागि परिचित छन् । आफ्नो एक्लो इनिङमा भारतको जित पक्का गर्न सक्छन् । रोहित वान डे क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । रोहितले २ सय ८ वान डे इनिङमा २७ शतक र ४२ अर्ध शतक सहित कुल ८ हजार ६ सय ५७ रन बनाई सकेका छन् । रोहितले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए भारत सहजै रुपमा फाइनलमा पुग्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.