default_image

कराते

May 6, 2023

विनय र मन्जुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विनय सिंह र मन्जु विकले २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको […]

May 6, 2023

आयुश र विना सर्वोत्कृष्ट, भृकुटी डोजो टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भृकुटी डोजोका आयुश थापा र अरनिको माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप उमा खुला कराते च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौलसमूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे । यो स्पर्धामा तोयोकान वादोरियोका निशान तामाङ र सरस्वती डोजोकी रोशन राईले […]

May 5, 2023

आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिका थारु २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को […]

April 30, 2023

राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा […]

April 23, 2023

महालक्ष्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी नगर लुभू डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मी ५ स्वर्ण, १ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले […]

April 21, 2023

मेयर कप वादो कराते भोलि

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने […]

April 18, 2023

दावा बाग्मती वादोरियोका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित […]

April 4, 2023

अनिल मुख्य सहायक प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । अनिलले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा संघलाई धन्यवाद दिदै पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले खेलाडी उत्पादनमा विशेष ध्यान दिने […]

April 4, 2023

करातेका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । उक्त अवसरमा राखेपका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर […]

March 26, 2023

कराते महासंघ –अध्यक्षमा युवराज लामासहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । चितवनमा शनिबार भएको महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको राखेपले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा ६ […]

Success

Thank you for your time.