1 year ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ ।
बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित थिए ।
अधिबेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ । यसैगरी सुन्दर कार्की कोशाध्यक्ष भए । नेत्र बहादुर भुजेल, जय केसी, राजकुमार कार्की, पृथ्वी बासुकला, रविन्द्रकुमार चौधरी, ऋष्मा पोखरेल, एलिना श्रेष्ठ, लक्ष्मी रिजाल र पुण्य काफ्ले सदस्य भए ।
May 19, 2024
एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]
May 19, 2024
ललितपुर (हाम्रो खेलकुद)- सुमित्रा चौधरी र राजन रोकायाले पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथन उपाधि जितेका छन्। आइतबार भएको हाफ म्याराथनको महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारी १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । मञ्जु सुनार २ घण्टा ३ मिनेट ८ सेकेन्डको […]
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]