3 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
एकदिने प्रतियोगिताका खेलहरु ठैबस्थित ब्लु बर्ड स्कुलमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी शुक्रबार सेमिनार पनि सम्पन्न भएको छ । सेमिनारमा २५ निर्णायक सहभागी थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]