March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्वासडरमा नियुक्त भएका छन् । खेलकुदमार्फत राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको तिलगंगा नजिक रहेको प्यारागन पब्लिक स्कुलले मन्डेलाई दुई वर्षसम्मको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको जनाएको छ । मन्डेले सन् २०१९ मा नेपालमा भएको १३औं […]
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा आइतबार पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई […]
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् । बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ । […]
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा मार्च ४ देखि सन्चालन भइरहेको १०औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसँग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक […]
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो । दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल […]
March 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]
February 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला […]
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को करातेको प्रारम्भिक प्रशिक्षणका लागि ४८ खेलाडी छनोट भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा महिला र पुरुषतर्फ समान ६ गरि १२ तौल समूहमा खेलाडी छनोट भएका हुन् । हरेक समूहमा सेमिफाइनल पुग्ने खेलाडी छनोट भएका छन् । महिला ६१ केजी तौल समूहमा एएिफकी रमिता माझी […]