default_image

मार्सल आर्टस्

November 29, 2020

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको हो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन […]

November 28, 2020

तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको ग्रेडिङमा डोजाङका प्रशिक्षक बशन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ […]

November 13, 2020

मण्डे, आयशा, सुवाससहित ७ खेलाडीलाई प्रतिभा पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् । मंसिरमा आयोजना भएको सागमा सबै भन्दा बढी पौडीकी गौरिका सिंहले ४ स्वर्ण पदक जितेकी थिइन्। करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास […]

November 13, 2020

मलेसियाका स्टेफिनो पपुलर खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । पपुलर खेलाडी बनेका एटमले दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । उनले पुरुष २९ वर्षमुनिको स्पर्धामा […]

November 13, 2020

जुडो क्लबलाई पन्ध्र लाखको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् । खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम […]

November 11, 2020

सुदेशनालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् । सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् । यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । ६.३० अंकसाथ नेपालकी शान्ति राईले […]

November 11, 2020

पदकधारी कराते टोलीबाट लाखेलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष मसिंरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता कराते टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाई दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको संयोजन सागका दोहोरो स्वर्णधारी […]

November 9, 2020

पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका […]

November 9, 2020

लामा र थापा निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ । लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् […]

November 8, 2020

कमल र जितबहादुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । जितबहादुरले भने सागमा टिम पुम्सेमा कांस्य पदक […]

Success

Thank you for your time.