default_image

5 years ago

November 29, 2020

सुवासलाई एसकेआईएफको सम्मान

187 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको हो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा सहभागिता जनाउदै ३ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

उनले माल्टाको प्रतियोगितामा १ रजत, भारत र फिलिपिन्समा भएको प्रतियोगितामा समान १–१ स्वर्ण तथा भारतमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा १ कांस्य जितेका थिए । राष्ट्रिय प्रतियोगितामा पनि सुवासले स्वर्ण जिते । सबै प्रतियोगितामा उनले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायतका पदाधिकारीले व्यक्तिगत रुपमा रकम संकलन गरी सुवासलाई सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सुवासलाई एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा सुवासलाई केल्मीको ट्रयाकसुट, टिसर्ट र गि पनि प्रदान गरिएको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.