default_image

3 years ago

November 9, 2020

पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन् । यस्तै महिलातर्फको पुरस्कारको प्रायोजन होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक देउकाजी गुरुङले गरेका छन् ।

च्याम्पियनसिपको मोस्ट लाइक भिडियोको निर्णय भने आगामी शुक्रबार मात्रै गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ ।

च्याम्पियनसिपमा मलेसिया टि च्याम्पियन बनेको छ । मलेसियाले ६ स्वर्ण, चार रजत र सात कांस्य जितेको थियो । यस्तै आयोजक नेपाल चार स्वर्ण, ७ रजत र १० कांस्य जित्दै दोस्रो भएको छ । मेक्सिकोले दुई स्वर्ण र एक रजत जित्दै तेस्रो स्थान हात पारेको छ ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा महिला र पुरुष गरी १८ उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.