5 years ago
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । जितबहादुरले भने सागमा टिम पुम्सेमा कांस्य पदक जितेका थिए । कमलको समूहमा नाइजेरियाका अकान्डे सामुयलले रजत तथा मल्लवाराचिङ्गे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कांस्य जिते ।
यसैगरी जितबहादुरले नेपालका प्रेमबहादुर लिम्बूलाई पछि पारे । नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए । पुरुषकै ५० वर्ष माथिको स्पर्धामा नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते । उनले नेपालकै विजय शाहलाई पछि पारे । महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन् ।
यस समूहमा उनले मात्रै प्रतिस्पर्धा गरेकी थिइन् । पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे । मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनेमका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए ।
महिलाको १४ वर्षमुनिको समूहमा सुरिनेमकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कविनतिडा दोस्रो तथा भारतकी विजिता गोश्वामी र मलेसियाकी नारा नुर युसुफले तेस्रो स्थान हात पारे ।
महिला १७ वर्षमाथिको स्पर्धामा भने चार वटै पदक मलेसियाका खेलाडीले जिते । फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कांस्य जिते । महिलाकै ४० वर्षमुनि मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भए ।
पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले बाजी मारे । उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई पछि पारे । भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले तेस्रो स्थान हात पारे । पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जिते । नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बमजनले कांस्यमा चित्त बुझाए ।
महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले बाजी मारिन् । उनले नेपालकी पार्वती गुरुङलाई पछि पारिन् । नेपालकी निर्मला विक र मकाउकी कावा माकले कांस्य पदक पक्का गरे ।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
म्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए् ।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना भएको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा भएको थियो । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको थियो । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]