default_image

मार्सल आर्टस्

November 26, 2018

नेपाली पारा तेक्वान्दो टोली भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– भारतको देहरादुनमा आयोजना हुने प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने […]

November 25, 2018

नेपाल ६३ स्वर्ण सहित टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । आइतबर सम्पन्न प्रतियोगितामा नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको […]

November 25, 2018

जाकार्तामा पर्शुरामलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – जाकार्तामा जारी एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगिताको सिनियर एकल कातामा नेपालका पर्शुराम बास्तोलाले कास्य पदक प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पर्शुराम बास्तोलाले कास्यपदकका लागि भएको खेलमा चाइनिज ताइपेइका खेलाडीलाई ४–१ ले पराजित गर्दै कास्य जित्न सफल भएका हुन् । उनले यसअघि आयोजक इन्डोनेसियालाई ३–२ र श्रीलंकालाई […]

November 22, 2018

अन्तर्राष्ट्रिय डब्लुकेआइ कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए । श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता […]

November 20, 2018

पुलिसलाई बडिगाड अध्यक्ष कप कराँतेको उपाधि

बागलुङ (हाम्रो खेलकुद) – बागलुङको बडिगाड गाउँपालिकामा भएको प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगिता नेपाल पुलिस क्लब प्रथम भएको छ । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा १ गतेदेखि ३ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, शसस्त्र प्रहरी बलको एफपिएफ क्लब द्धितिय र आयोजक बडिगाड डोजो तृतीय हुन सफल भएका छन् । प्रथम […]

November 18, 2018

मन्डेकाजी र चन्चलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठ र चञ्चल दनुवारले बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप च्याम्पियनसिपम स्वर्ण जितेका छन् । श्रेष्ठले प्रतियोगिता अन्तरगत ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पन्छाउँदै स्वर्ण हात पारेका हुन् । एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामाले तेस्रो स्थान […]

November 18, 2018

क्यानडामा पर्शुरामलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी पर्शुराम बाँस्तोलाले १९औं सातो कप आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल भएका छन् । क्यानाडाको भेन्कुभर भएको च्याम्पियनसिपमा पर्शुरामले इन्डिभिजुअल सिनियर कातातर्फ क्यानडाका खेलाडीलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले यसअघि पहिलो चरणमा भारतीय खेलाडीमाथि ५–० र अमेरिकी खेलाडीमाथि ४–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो […]

November 17, 2018

‘तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य’- राखेप उपाध्यक्ष तिम्सिना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा उचो बनाउन सफल तेक्वान्दो संघ विवादमा पर्नु दुर्भाग्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघले आफु र राखेप सदस्य इन्दिरा निरौलाको स्वागत र शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा तिम्सिनाले भने, खेल र खेलाडीको अहित हुने कुनै पनि काम गर्ने […]

November 16, 2018

सनी लगातार तेस्रोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन […]

November 14, 2018

सातो कप खेल्न पर्शुराम क्यानाडातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडा प्रस्थान गरेका छन् । ३५ राष्ट्रको सहभागितामा प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । भेन्कुभरमा हुने प्रतियोगितामा पर्शुरामले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल […]

Success

Thank you for your time.