default_image

तेक्वान्दो

December 25, 2021

आइओएफटीसीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ […]

December 20, 2021

काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बनेको हो ।जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका […]

December 16, 2021

पलेशालाई मनास्लुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई मनास्लु वर्ल्ड कलेजले बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो । यस्तै मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत अन्य तीन व्यक्तित्वलाई पनि सम्मानित गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […]

December 15, 2021

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

(हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा बागमती प्रदेशस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष-महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष÷महिलामा […]

December 13, 2021

तेक्वान्दो छनोट सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको […]

December 11, 2021

आयोजक बालाजुलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक […]

December 10, 2021

सुमिस्ता र पुनमलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे । […]

December 4, 2021

लैनचौर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो । गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । […]

December 3, 2021

मुलपानीलाई ३ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा […]

November 26, 2021

सन्जिव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र […]

Success

Thank you for your time.