4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।

गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । तेश्रो स्थानको मुलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त ग¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका सुशान्त भुजेल तथा महिलामा मैजुकुमारी तेक्वान्दो डोजाङकी शीतला बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई संघीय सांसद कृष्ण राई, नेपाल तेक्वान्दो संघका सदस्य राम गिरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, प्रतियोगिता संयोजक एवं आयोजक कमिटीका अध्यक्ष सोवितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडी सहभागी थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]