default_image

तेक्वान्दो

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 1, 2017

हङकङसँगको मैत्रिपूर्ण खेलमा नेपाली खेलाडीको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – हङकङका खेलाडी सँगको मैत्रिपूर्ण तेक्वान्दो खेलमा नेपाली राष्ट्रिय खेलाडी तेक्वान्दो खेलाडीले उच्च प्रदर्शन गरेका छन् । कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा बुधबार भएको मैत्रिपूर्ण खेलमा नेपाली खेलाडीले ६ तौल समूहमा स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेलको महिलाको ४९–५३ केजी तौलसमुहमा नेपाली निमा गुरुङले स्वर्ण,हङकङकी […]

January 29, 2017

हङकङ तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक गुरुङ सम्मानित

पोखरा (हाम्रो खेलकुद) – हाल नेपालमा रहेका हङकङ तेक्वान्दो राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङ सम्मानित भएका छन् । प्रशिक्षक गुरुङलाई कास्की जिल्ला तेक्वान्दो संघले शनिबार सम्मान गरेको हो । ५५ वर्षिय प्रशिक्षक गुरुङलाई पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल ,नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन […]

December 26, 2016

आइटिएफ तेक्वान्दोमा सेनाले जित्यो १४ स्वर्ण

झापा (हाम्रो खेलकुद) – नेपाली सेनाले सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दोमा पनि १४ स्वर्ण पदकसहित वर्चस्व जमाएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार सेनालले ६ वटा स्वर्ण पदक थपेको छ । आयोजक पूर्वाञ्चलले ३ र एपिएफले २ स्वर्ण पदक जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले समान १ स्वर्ण पदक जिते । दमकस्थित रेडक्रम भवनमा […]

December 24, 2016

सातौं राष्ट्रिय खेलकुद दोस्रो दिन जारी, हक्कीमा सुदूरपश्चिमालाई दोहोरो सफलता

विराटनगर (हाम्रो खेलकुद) –सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार हक्की, बास्केबल, जुडो, बक्सिङ, भलिबल, एथलेटिक्स,ब्याडमिन्टन, टेबल टेनिसका प्रतिस्पर्धा सुरु भएका छन् । महिला फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ भने पुरुष क्रिकेट, फुटबल र महिला क्रिकेट जारी छ । दोस्रो दिन अलग अलग खेलमा यस्ता नतिजा आएका छन् । हक्कीमा सुदूरपश्चिमलाई दोहोरो सफलता विराटनगरको डिएबी […]

December 20, 2016

उत्तरपूर्वी एसियन तेक्वान्दो च्याम्पियसिपमा नेपाल तेस्रो

काठमाडौं (हाम्रो खेलकुद)– दुई रजत र त्यत्तिनै कास्य पदक जितेको नेपाल चीनमा भएको प्रथम उत्तरपूर्वी एसियन आइटिएफ तेक्वान्दो च्याम्पियसिपमा तेस्रो भएको छ । चिनको बेइजिङमा सम्पन्न च्याम्पियनसिपमा नेपालले अनुशासित टोली अवार्ड समेत जितेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ । डिसेम्बर […]

December 6, 2016

एनआरएन कोरियाका अध्यक्ष क्षेत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएन दक्षिण कोरियाका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले मंगलबार सम्मान गरेको छ । नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको भन्दै एकेडेमीले क्षेत्रीलाई सम्मान गरेको जनाएको छ । स्वास्थ्य मन्त्री गगन थापाले उनलाई कदर पत्रले सम्मान गरेका थिए ।

November 24, 2016

बुर्तिबाङमा राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप मंसिर १८ गते बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक हुन […]

November 16, 2016

तेक्वान्दोका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक […]

November 8, 2016

किर्तिमानी खेलाडी बिष्ट गृह जिल्लामा सम्मानित

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो । छनोट चरण पार गरे सन् २००८ […]

Success

Thank you for your time.