default_image

तेक्वान्दो

May 23, 2017

स्वर्णसहित दुई पदक जितेका प्रवेश उत्कृष्ट फाइटर

काठमाडौं (हाम्रो खेलकुद) – प्रवेश पण्डितले भारतमा सम्पन्न  आमन्त्रण तेक्वान्दोमा स्वर्ण पदकसहित दुई पदक जितेका छन् । ४५ केजी तौल समूहमा स्वर्ण जितेका प्रवेशले पुम्सेमा रजत पदक जितेका छनु । उनी प्रतियोगिताको वेस्ट फाइटर समेत घोषित भए । भारतको अमृतसहरमा भएको प्रतियोगितामा दीपेन्द्रबहादुर नेपालले पनि स्वर्णसहित दुई पटक जिते । ६३ केजी तौलसमुहमा स्वर्ण जितेका […]

May 4, 2017

राखेपले विद्यालय खेल संघ खारेज गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]

May 1, 2017

अनाथ बालबालिकालाई १० महिने निशुल्क तेक्वान्दो प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित विभिन्न अनाथ आश्रममा रहेको करिब २ सय ५० बालबालिकालाई १० महिने निशुल्क प्रशिक्षण सुरु गरेको छ । विश्व तेक्वान्दो महासंघको सहयोगमा संघले विभिन्न आठ आश्रममा रहेका २ सय ५० बालबालिकालाई १० महिनासम्म विशेष प्रशिक्षण गराउने छ । तेक्वान्दो संघले […]

April 28, 2017

तेक्वान्दोका पदक विजेता खेलाडीलाई एनआरएन जापानको सम्मान

संगिता कुवँर टोकियो – जापानमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीको सम्मानमा गैर आवासिय नेपाली संघ (एनआरएन) जापानले हिजो कार्यक्रम आयोजना गरेको थियो । जापानमा रहेका नेपाली आवद्ध संघ संस्थाले खेलाडीलाई आर्थिक सहयोग गरेका छन् । एनआरएन जापानले, एनआरएनका केन्द्रिय उपाध्यक्ष भबन भट्ट, अन्तराष्ट्रिय नेपाली समाज जापान, तमुधि जापान, कास्की पोखरा समाज, ओनो […]

Dakshina

April 25, 2017

दक्षिणालाई हङकङमा स्वर्ण

काठमाडौं(हाम्रो खेलकुद) दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई स्वर्णपदक दिलाएकी छन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको […]

April 15, 2017

एसियाली पदक विजेता मनिताले विवाह गरिन्

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली पदक विजेता तेक्वान्दोकी मनिता शाही विवाह बन्धमा बाधिएकी छिन् । मनिताको शनिबार बिनेस खड्गीसँग विवाह भएको थियो । झन्डै दुई बर्ष अमेरिका बसाईपछि मनिता केही साता अघि स्वदेश फर्केकी थिइन् । अमेरिका जानुअघि मनिताले दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र रजत जितेकी थिइन् । सविता राजभण्डारी, संगीना वैद्य जस्ता सफल […]

April 6, 2017

महिला अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ आर्मी च्याम्पियन बनेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा बिहिबार सम्पन्न प्रतियोगितामा २ स्वर्ण र २ रजत पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो बनेको छ । १ स्वर्ण, […]

March 14, 2017

तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद)–नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार र रिफ्रेसर कोर्स मंगलबार सुरु भएको छ । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको हलमा सुरु भएको सेमिनार नवौं र रिफ्रेसर कोर्ष आठौं हो । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो । उक्त कोर्सको नेपाल तेक्वान्दो […]

March 5, 2017

प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो चैत्र २३ र २४ मा

काठमाडौँ (हाम्रोखेलकुद)- प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता  अर्को महिना आयोजना हुने भएको छ। काठमाडौँ स्तिथ दशरथ रंगशालाको कवर्ड हलमा  चैत्र २३ र २४ गते आयोजना हुने प्रतियोगिता नेपाल तेक्वान्दो संघ अन्तर्गत महिला शसक्तिकरण समितिले आयोजना गर्ने  लागेको हो।   सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूहका १३ स्पर्धामा तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा हुनेछन् । जुनियरमा ४०, ४२ र […]

March 3, 2017

पाँचथरमा दुर्गा माविलाई राष्ट्रपति रनिङ शिल्ड

दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]

Success

Thank you for your time.