default_image

बक्सिङ

November 4, 2019

एनएनआइपिए युके च्याप्टरका अध्यक्ष क्षेत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीलाई सोमबार सम्मान गरेका छन् । १३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले […]

October 18, 2019

विशेष प्रशिक्षणका लागि भारोत्तोलन टोली कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तरगत नेपाली भारोत्तोलन टोली कोरियो जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले टोलीलाई शुक्रबार विदाई गरेका छन् । कोरियन भारोत्तोलन महासंघको निमन्त्रणमा भारोत्तोलोलन टोली दोस्रोपटक प्रशिक्षणमा जान लागेको हो । टोली शनिवार कोरिया प्रस्थान गर्नेछन् । कोरियाको […]

October 17, 2019

महर्जन आइबा बक्सिङ थ्री स्टार प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका कास्य पदक विजेता पूर्व बक्सर तथा प्रशिक्षक दीपक महर्जनले इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइवा) को थ्री स्टार कोचेज कोर्ष उत्तीर्ण गरेका छन् । महर्जनले २०१९ जुन २८ देखि जुलाई ४ सम्म दक्षिण कोरयाको सुवोनमा भएको कोचेज कोर्ष सफलतापुर्वक उत्र्तीण गरेको आइवा बक्सिङका अन्तरिम अध्यक्ष डा. मोहमेद मौस्तासेनले नेपाल बक्सिङ संघका अध्यक्ष […]

October 13, 2019

सागका लागि बक्सिङको बन्द प्रशिक्षण पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को लागि बक्सिङको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ । बन्द प्रशिक्षणमा पोखरा जाने बक्सिङ टोलीलाई आइतबार राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले बिदाई गरे । सागका लागि १६ खेलाडी बन्द प्रशिक्षणमा छन् । पोखरामा नेपाली टोलीलाई […]

September 20, 2019

पिएसजी र रियलको खेलमा बेकह्याम र खबिब सँगै

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिडबीच बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलका युएफसी च्याम्पियन खबिब नुर्मागोमेडोभले पूर्व फुटबल स्टार डेभिड बेकह्यामसँग भेट गरेका छन् । नुर्भागोमेडोभ र बेकह्याम दुवै उक्त खेलका विशेष अतिथि थिए । खेल सुरु हुनु अघि दुवैलेसँगै तस्बिर खिचाएका थिए । यूएफसी लाइट वेट च्याम्पियनले बेकह्यामसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट […]

September 17, 2019

पुनमसहित सागलाई बक्सिङबाट १६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बक्सिङबाट १६ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट संघले मंगलवार १० पुरुष र ६ महिला गरी १६ खेलाडी सागका लागि छनोट गरेका हुन् । संघले सोमबार ८ र मंगलबार ८ खेलाडी छनोट गरेको […]

September 16, 2019

सागका लागि ८ बक्सिङ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]

August 6, 2019

दिवाना र रोशनी दोस्रो चरणका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी दिवाना शेर्मा र रोशनी राई नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणका लागि छनोट भएका छन् । नेपाल बक्सिङले मंगलबार खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो […]

July 29, 2019

वाङ्दीले कुवेतमा बक्सिङ खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा नेपाले भाग लिने भएको छ । कुवेत बक्सिङ संघको आयोजनामा अगस्ट १ देखि ९ सम्म हुने प्रतियोतिगाको ४९ केजी तौल समूहमा छिरिङ वाङ्दीले प्रतिस्पर्धा गर्नेछन् । उनको प्रशिक्षकका रुपमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापा मगर र व्यवस्थापकमा नेपाल […]

July 22, 2019

पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सुशिल क्वाटरफाइलमा

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै नेपालका सुशिल थापा थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुशिलले ४९ केजी लाईट फ्लाइट तौलमा पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउन्डको दोश्रो मिनेटमा आरएससी (रेफ्रस् स्टप कन्टेस्ट) को आधारमा हराउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि […]

Success

Thank you for your time.