default_image

बक्सिङ

January 30, 2018

बक्सिङमा पुनमलाई पदक पक्का

दिल्ली (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक पक्का गरेकी छन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले कम्तीमा पनि कास्य पदक पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक […]

January 29, 2018

भुपेन्द्र क्वाटरफाइनलमा, प्रेम र तेज बाहिरिए

दिल्ली (हाम्रो खेलकुद) – भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४ – १ ले हराएर […]

January 29, 2018

इन्डियन ओपनमा विमलाको पदक पक्का

नयाँ दिल्ली (हाम्रो खेलकुद)- भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले नेपालको लागि पदक पक्का गरेकी छिन् । आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तीमा कास्य पदक जित्ने पक्का गरेकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा […]

January 28, 2018

आशिष र माला पहिलो खेलबाट बाहिरिए

दिल्ली (हाम्रो खेलकुद) – नेपालका आशिष दुवाडी र माला राई भारतको नयाँ दिल्लीमा सुरु इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो खेलमा दुवाडी आयोजक भारतका खेलाडी र राई मंगोलियाकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा पुरुष सुपर हेबिवेटको ९१ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका आशिष […]

January 25, 2018

बक्सिङ टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष तथा महिला बक्सिङ टोलीले भारतको नयाँ दिल्लीमा हुने प्रथम इन्डिया ओपन बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपाल बक्सिङ संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ६ महिला खेलाडी र ६ पुरुष खेलाडीलाई बिदाई गरेको छ । खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे । टोली बिहिबार दिल्ली […]

January 11, 2018

बक्सिङमा आर्मी र एपिएफ च्याम्पियन

झापा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप राष्ट्रिय बक्सिङको पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बनेको छ । पुरषतर्फ २७ औं राष्ट्रिय प्रतियोगितासमेत रहेको स्पर्धामा आर्मीले ८ स्वर्ण १ रजत र १ कास्य पदक जितेको थियो । त्यस्तै आठौं महिला राष्ट्रिय समेत रहेको प्रतियोगितामा एपिएफले ३ स्वर्ण ४ रजत र १ […]

December 23, 2017

राखेप च्याम्पियनसिपमा २९ खेल

राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]

December 15, 2017

राखेपले ओलम्पियनलाई चन्द्रागिरी हिल्स भ्रमण गरायो

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् । विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी […]

December 2, 2017

सरोज र मनिष च्याम्प अफ च्याम्पियन्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सरोज सेवा र मनिष डंगोल च्याम्प अफ च्याम्पियन्स (सीओसी) को फाइनलमा प्रवेश गरेका छन् । राजधानीको महाराजगञ्जस्थित जिमखानामा शनिबार भएको सेमिफाइनलमा ओखलढुङ्गाको सरोज सेवाले अर्घाखाचीको यादव थापालाई नकआउटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएका हुन् । अर्काे सेमिफाइनल मनिस डंगोल (कालोपुल) ले सुरेन्द्र कार्की (रौतहट)लाई अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान […]

November 30, 2017

च्याम्प अफ च्याम्पियन्सको सेमिफाइनल शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकको आयोजनामा भइरहेको च्याम्प अफ च्याम्पियन्स (सीओसी) को सेमिफाइनलका खेलहरु शनिबार हुने भएको छ । आयोजक म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सेमिफाइनलको खेल शनिबार हुने जानकारी गराएको हो । खेल महाराजगञ्जस्थित जिमखानामा हुने छ । सेमिफाइनलमा सरोज सेवा (ओखलढुङ्गा) […]

Success

Thank you for your time.