default_image

NSJF Pulsar Sports Award

March 22, 2022

साहलीलाई एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् स्पार्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा साहलीलाई अवार्ड प्रदान गरिएको हो । उनको प्रतिनिधिका रुपमा एआइपिएस एसियाका महासचिव अजिज मल्लिकले अवार्ड ग्रहण गरेका थिए । साहली […]

March 22, 2022

टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष […]

March 22, 2022

सरितालाई पारा एथलिट अनर

काठमाडौं (हाम्रो खेलकुद)– सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्डको १८ औं संस्करणमा सरिता पारा एथलिट अनरबाट सम्मानित भएकी हुन् । ३ वर्षको उमेरमा पोलियो भएपछि सुनसरी सरिताले एउटा खुट्टा गुमाउनु परेको थियो । घिस्रेरै स्कुलले जीवन पार गरेकी उनी उच्च शिक्षाका […]

March 22, 2022

फुटबल टोलीलाई वर्षको उत्कृष्ट टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले पल्सर स्पोर्ट्स अवार्ड २०७७ मा वर्षको उत्कृष्ट टोलीको अवार्ड जितेको छ । राष्ट्रिय टोलीले २०७७ सालमा ५ खेल खेल्ने क्रममा १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो । घरेलु मैदानमा थ्री नेसन्स कपको नाममा आयोजना भएको मैत्रीपूर्ण प्रतियोगितामा फुटबल टोलीले बंगलादेशसँग १ बराबरी र […]

March 22, 2022

पल्सर स्पोर्ट्स अवार्ड आज, खेलकर्मी सम्मानित हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्डको १८औं संस्करण आज (मंगलबार) हुदैछ । कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेपछि हुने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवम् अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए । २०५२ साल भदौ २५ […]

March 21, 2022

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्ड–२०७७ को सबै तयारी पूरा भएको छ आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्डको १८ औं संस्करण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले बताएका हुन् । अवार्ड कार्यक्रम दिउँसो ३ः०० बजे सुरु […]

March 20, 2022

सुदूरपश्चिम स्पोर्टस अवार्ड यसै महिना हुने

धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम स्पोर्टस अवार्डको यसै महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आइतबार पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करण चैत २५ गते गते जानकारी दिएको हो । अवार्डको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन […]

March 16, 2022

अवार्डलाई नबिल इन्भेष्टमेन्टको सहप्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसंग सह–प्रायोजन सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । १८ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत […]

March 9, 2022

स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सह–प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सह–प्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । १८औं संस्करणको पल्सर अवार्ड आउँदो […]

March 7, 2022

एनएसजेएफ अवार्डमा केल्मीको साथ निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले केल्मीसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका […]

Success

Thank you for your time.