default_image

NSJF Pulsar Sports Award

February 6, 2023

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना आयोजना हुने एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइसको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । यसपटक मनोनयनमा क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका अन्जन विष्ट, पौडीका डुवाना […]

January 23, 2023

स्पोर्ट्स अवार्ड फागुनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । एनएसजेएफले सोमबार अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर […]

August 13, 2022

पाठक खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्ष

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक सर्व सम्मत चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक अध्यक्षमा चयन भएका हुन् । पाठक यसअघि महासचिव थिए । सबै पद सर्वसम्मत चयन भएको थियो । मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट […]

March 22, 2022

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]

March 22, 2022

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का […]

March 22, 2022

सावित्रा दशककै उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् । सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय […]

March 22, 2022

राणालाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– डा. अजय राणा पल्सर स्पोर्टसमा स्पेशल अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको १८ औं संस्करणमा डा. राणा स्पेशल अवार्ड अन सिन हिरोबाट सम्मानित भएका हुन् । राणा आफ्नो समयका हक्की र फुटबलका अब्बल खेलाडी थिए । संकटा र ब्वाइज युनियनबाट फुटबल पनि खेले । सन् १९७२ […]

March 22, 2022

धाविका पुष्पालाई स्पेसल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– धाविका पुष्पा भण्डारी पल्सर स्पोर्टस अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको १८ औं संस्करणमा पुष्पा स्पेशल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी हुन् । कोरोना संक्रमणका कारण लगभग ढप्प भएको खेलमा पुष्पाको सफलताले केहि राहत दिएको थियो। २०७७ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगत […]

March 22, 2022

साहलीलाई एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् स्पार्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा साहलीलाई अवार्ड प्रदान गरिएको हो । उनको प्रतिनिधिका रुपमा एआइपिएस एसियाका महासचिव अजिज मल्लिकले अवार्ड ग्रहण गरेका थिए । साहली […]

March 22, 2022

टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष […]

Success

Thank you for your time.