default_image

अन्य

November 15, 2023

गण्डकीका भलिबल खेलाडी सन्तोषको मोइटसाइल दुर्घटनामा निधन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ । स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा मंगलबार राती ११ बजेको आसपासमा उनी मोटरसाइल दुर्घटनामा परेका थिए । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परि २२ वर्षे सन्तोषको मृत्यु भएको खबर […]

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]

November 12, 2023

मिस नेपाल श्रृच्छा नेपालगन्ज म्याराथनअघिको कन्क्लेभमा सहभागी हुने

नेपालगन्ज (हाम्रो खेलकुद) – मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान अर्को महिना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने भएकी छिन् । नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउने र नेपालगन्ज कन्क्लेभ २०२३ मा वक्ताका रुपमा उनी सहभागी हुन लागेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । व्यक्तिगत रुपमा यो उनको पहिलो नेपालगन्ज भ्रमण हुने बताइएको छ । म्याराथनकोको […]

November 11, 2023

दोलखाका आशिषलाई बुद्धिचाल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- दोलाखाका आशिष फुयालले शनिबार राष्ट्रिय खुुुुल्ला र्यापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आशिषले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। उपाधिसहित उनले २५ हजार रुपैयाँ पाए। ७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार रुपैयाँ पाए । ललितपुरका सरोज […]

November 8, 2023

अष्ट्रेलियामा हुने सर्वाधिक धनराशीको पुरुष भलिबल कपको तयारी तीब्र

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आगामी पुस दोस्रो सातादेखि आयोजना हुने सर्वाधिक पुरस्कार राशीको अजी फाइनान्स पुरुष भलिबल कप आयोजनालाई तीब्रता दिएको छ । द गोर्खा स्पोर्ट्स क्लबको आयोजनामा सर्वाधिक पुरस्कार राशिको एक दिने अजी फाइनान्स पुरुष भलिबल कप पुस ८ (डिसेम्वर २४) मा हुँदैछ । क्रिसमसको अवसरमा हुन लागेको […]

November 5, 2023

मलेसिया माउन्टेन ट्रेल रेसमा रशिला दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो […]

November 4, 2023

३४ औं राष्ट्रिय भलिबल सुर्खेतमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- साढे दुई दशक पछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुनेभएको भएको छ। पुरुष भलिबलको ३४ औं संस्करण पुस २० देखि २५ गतेसम्ममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने नेपाल भलिबल संघ शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन […]

November 3, 2023

ऐतिहासिक पदक विजेता पलेशा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]

November 2, 2023

धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र, कनक्लेभ पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]

November 1, 2023

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […]

Success

Thank you for your time.