June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ । नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । […]
June 27, 2023
धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए । नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ […]
June 27, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।प्रतियोगितामा ७० […]
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– टुसाल मल्टिभेन्यु प्रालिको आयोजनामा दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । प्रतियोगिता शुक्रबार तार्केश्वर ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, […]
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन मंगलबार अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन् । इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आईएसकेए, युएसएको आयोजनामा जुन २९ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातमा चुनौती प्रस्तुत गर्ने छन् । हवाइ टिकट हात्तीसारस्थित नमस्ते टुरिजम एन्ड […]
June 27, 2023
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । विराटनगरका अधिवक्ता उद्धवचन्द्र घिमिरेले मंगलबार उच्च अदालत मोरङमा सो मुद्दा दायर गरेका हुन् । मन्त्री राजभण्डारीले असार १० गते विराटनगरको शिक्षादिप कलेजमा भएको एक कार्यक्रममा उच्च अदालत मोरङका न्यायाधीशविरुद्ध अभिव्यक्ति दिएका थिए । मन्त्री राजभण्डारीले न्यायाधीशले रकम लिएर फैसला […]
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाल गल्फ संघले भारतका तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेशाईबीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहनेछन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक […]
June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा यसै महिना सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा हुने प्रतियोगिता असार २३ देखि ३० गतेसम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गत वर्ष क्लब च्याम्पियनसिपबाट […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवम् गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको रिम मल इन्डोर रनमा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् । हरिले १० किमि दौड ३६ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकाका हनिफा मुवारक ३३ मिनेट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किडमका हडसल […]
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् । छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, […]