default_image

अन्य

June 25, 2023

अन्नपूर्णलाई बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण गाउँपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित ग¥यो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे । उपाधिसंगै अन्नपूर्णले १ लाख नगद पुरस्कार हात पा¥यो भने कीर्तिपुरले ५० हजार नगद पुरस्कार पायो । केमन ‘मोस्ट […]

June 25, 2023

बक्सिङ र एथलेटिक्सको तयारी निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सदस्य–सचिव घिसिङले तयारी निरीक्षण गरेका हुन् । त्यसक्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका […]

June 25, 2023

नेपाली खेलकुदको वृत्तान्त बजारमा आउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको इतिहास समेटिएको खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने भएको छ । खेल पत्रकार नवीन अर्यालको लेखन रहेको पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्य तथा क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो । यसै महिनाको अन्तिम साता काठमाडौंमा पुस्तक सार्वजनिक हुने क्रियटिभ बुक्सले जनाएको छ । दुई दशक भन्दा लामो […]

June 25, 2023

काभा नेसन्स लिग – नेपाल छैटौं खेलमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– सबै ६ खेलमा हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानमा भएको काभा नेसन्स लिग भलिबल च्याम्पियनसिप यात्राको अन्त्य गरेको छ । आइतबार भएको आफ्नो अन्तिम खेलमा नेपाली टोली उज्वेकिस्तानसँग ३–० ले पराजित भएको थियो । अन्तिम खेलमा कडा टक्कर दिने प्रयास गरेपनि नेपाललाई उज्वेकिस्तानले २५–२१,२५–२२ र २५–२३ ले हराएको थियो । नेपाल […]

June 24, 2023

तेश्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेबाट हुने भएको छ । ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ […]

June 24, 2023

राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विजय लिम्बु र समिक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समिक्षा पहिलो भएका हुन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा […]

June 23, 2023

एसियाड गल्फ टोली प्रशिक्षणका लागि भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाने भएको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली […]

June 23, 2023

दीपक र सृजनालाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे […]

June 23, 2023

किर्गिस्तानको ‘बी’ टोलीसँग पनि नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार पाँचौं हार बेहोरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलमा नेपाल घरेलु टोली किर्गिस्तानको ‘बी’ सँग ३–२ को सेटमा पराजति हुँदै लिगमा लागतार पाँचौ हार बेहोर्न पुगेको हो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

June 23, 2023

नेपालले आज किर्गिस्तान ‘बी’ सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा आज (शुक्रबार) घरेलु टोली किर्गिस्तान ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र किर्गिस्तान ‘बी’ बीचको खेल विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाल िसमयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । लिग चरणको शुरुवाती सबै चार खेलमा हार बेहोरेको नेपाल किर्गिस्तानको ‘बी’ टोलीलाई […]

Success

Thank you for your time.