default_image

8 months ago

June 28, 2023

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ । नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । […]

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ ।

नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । खेल कोटेश्वरस्थित आयोजक हिमालयकै हातामा हुनेछ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ ।

सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

February 25, 2024

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […]

February 25, 2024

नेदरल्यान्ड्सलाई नेपालको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससमक्ष १ सय ७३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १ सय ७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक […]

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]

Success

Thank you for your time.