June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउना लागेको हो । एसियाडलाई मानमति विष्ट, श्रृजना कुमारी थारु, गंगा घिमिरे, रविना […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा ज्ञानोदयले युरोलाई ३४–२० ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे । सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७–२२ ले हरायो । ब्वाइजमै संस्कृतिले […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले रुपन्देहीलाई ५–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल […]
June 16, 2023
लतिलपुर (हाम्रो खेलकुद)– साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन शुक्रबार पाँचौं चरणको समाप्तीमा पनि भारतीय २४१४ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेखले आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले ५ खेलको समाप्तीमा साढे ४ अंक जोड्दै एकल अग्रतालाई यथावत राखेका हुन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ । ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–१४ सिंगल्सतर्फ स्वर्ण जितेका छन् । बोरिस ब्वइज तथा शिभाली गल्र्समा पहिलो भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई […]
June 16, 2023
हिमाल खरेल, बिर्तामोड नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक बजेट छुट्टिए पनि नामको विवादले गर्दा निर्माण हुन सकेको छैन । नामकरणका विषयलाई लिएर विवाद हुँदा निर्माण कार्य अलपत्र हुन पुगेको […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीकाे दशौं कप्तान बनेका छन् । नेपाल भलिबल संघले उनलाई कप्तानको रुपमा चयन गरेको हो । यसअघिका कप्तान इम बहादुर राना किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने टोलीमा नरहेसँगै संघले नयाँ कप्तानको रुपमा हरि हजुरलाई चयन गरेको हो । अब हरि हजुरको […]