June 15, 2023
ललितपुर (हाम्रो खेलकुद)- साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतीय २४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन्। नुबैरले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरि ३ अंक सहित एकल अग्रता लिएका हुन्। कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रारम्भ वल्ड स्कुल तथा कलेजको आयोजनामा प्रारम्भ एसइइ कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक प्रारम्भले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता १ र २ असारमा हुने जानकारी गराएको छ । प्रतियोगिता आयोजक स्कुलकै कोर्टमा शुक्रबार र शनिबार हुनेछ । बिहीबारै खेल तालिका र समूह विभाजन गरिएको छ । सहभागी […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान टेनिस खेलाडी उत्तम लामाले रुपन्देही जिल्ला टेनिस संघलाई ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बुटवल उपमहानगरपालिका ११, देवीनगरमा जिल्ला संघले सञ्चालन गरेको एकेडेमीमा बत्ती जडान गर्न सहयोग उपलब्ध भएको रुपन्देही जिल्ला टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले जनाएका छन् । चार कोर्ट रहेको एकेडेमीमा २५ जनाले नियमित […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टेनिसमा नयाँ खेलाडी भित्र्याउने उद्देश्यले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) ले टेनिस फेस्टिभल फर युनिक प्लेयर्स– २०२३ आयोजना ग¥यो । महोत्सवमा कक्षा १ मा अध्ययनरत ५५ विद्यार्थी सहभागी थिए । उनीहरुलाई टेनिसकी प्रमुख प्रशिक्षक रेणुदेवी कोन्डा, सूर्यभूषण वज्राचार्य, चन्द्र शाही, महेश खड्गी, रामेश्वर थापा र प्रसिद्ध मोक्तानले टेनिसको विविध पक्ष बारे […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ऋतिक ब्वाइज तथा आईएसए गल्र्समा च्याम्पियन बने । ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८–१७ को साँघुरोअन्तरले पराजित ग¥यो । कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा आईएसएले बार्बो, भक्तपुरलाई […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमले भूपु सैनिक, रुपन्देहीलाई ४–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले १–१ गोल गरे […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे । पुरुष सिंगल्समा प्रदीप खड्का […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले चीनको हाङझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ । बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र […]
June 15, 2023
हिमाल खरेल, इटहरी कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । पुलिसले एपिएफलाई २५–१९, २५–१४ र २५–१८ को सेटमा हराउँदै उपाधि जितेको हो । […]
June 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पालाई सम्मान गरेको छ । संघले किर्गिस्तान जाने पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाई कार्यक्रम दौरान शेर्पालाई नगद २५ हजार रुपैयाँसँगै सम्मानपत्रले सम्मानित गरेको हो । सोलुखुम्बु निवासी शेर्पाले नेपाल भलिबल संघ र भलिबलको अन्तर्राष्ट्रिय संस्था (एफआईभिबी) […]