default_image

अन्य

June 17, 2023

तकामी र फ्रिडम भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको […]

June 17, 2023

आयोजक कीर्तिपुरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योगदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ […]

June 17, 2023

उज्जवल मेक्सिको प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् । नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र […]

June 17, 2023

मनास्लु र लालीगुराँस प्रि–क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित ग¥यो । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो । सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, […]

June 17, 2023

फाइभ के रनमा मुकेश र राममाया च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मुकेश बहादुर पाल र नेपाल प्रहरीकी राममाया बूढा युथ ओपन फाइभ के रनको च्याम्पियन बनेका छन् । एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् । आर्मीकाद्वय श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेन्डसहित दोस्रो स्थान हासिल गर्दा सुशिलकुमार […]

June 17, 2023

अभिषेक र अभिलाषा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । अभिषेक पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा शनिबार संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१ र ७–६ को सेटमा पराजित गरे […]

June 17, 2023

आर्मीका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आर्मीका गजेन्द्र राईले लमजुङमा भएकाे दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि जितेका छन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै रामजी बस्नेत दोस्रो भए । उनले निर्धारित दुरी ४६ मिनेट ३० सेकेण्डमा पुरा […]

June 17, 2023

रुपेशले ग्राण्ड मास्टरलाई रोके

ललितपुर (हाम्रो खेलकुद)– नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवाल दक्षिण एसिसयाली चेस च्याम्पियनसिपमा भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणको खेलमा बराबरीमा रोक्न सफल भएका छन् । यो बराबरीले सयन्तनको उपाधि यात्राका धक्का लागेको छ । रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका सयन्तन आक्रमक रुपमा प्रस्तुत भएका थिए […]

June 17, 2023

एसियाडका लागि आर्चरीका ४ खेलाडी छानिए

पोखरा (हाम्रो खेलकुद)- चीनको हान्जाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि ४ आर्चरी खेलाडी छनोट भएका छन् । छनोट हुनेमा २ महिला र २ पुरुष खेलाडी छन् । नेपाली सेनाकी मन्जु बजगाई रिकर्भरमा र सेनाकै इमायुङ राई कम्पाउन्डमा छनोट भएकी हुन् । मन्जु १०७० अंक र इमायुङ १३०३ अंकका साथ छानिएकी हुन् । नेपाल […]

June 17, 2023

एसियाड र एसियन च्याम्पियनसिपलाई एथलेटिक्स खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले चीनको हाङ्जावमा आगामी सेप्टेम्वरदेखि हुने १९औं एसियाली खेलकुद र अर्काे महिना जुलाईमा थाइल्यान्डमा आयोजना हुन लागेको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेका छन् । चीनको हाङ्जावमा आगामी सेप्टेम्वर २३ देखि अक्टोवर ८ सम्म हुने १९औं एसियाली खेलकुदका लागि संघले पुरुषतर्फ चार र महिलामा तीन खेलाडीसहित कुल […]

Success

Thank you for your time.