default_image

अन्य

April 29, 2022

एसियाडलाई बक्सिङबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङतर्फ सातदोबाटोमा तीन दिनसम्म चलेको छनोटबाट विभिन्न तौल समूहबाट महिला र पुरुषतर्फ समान १६ जना खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका छन् । महिलातर्पm ५१ केजी तौल समुहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी, ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, ६० केजीमा संगीता सुनार, […]

April 29, 2022

एसियाड छनोट – करातेको ३ स्पर्धाबाट १२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]

April 29, 2022

एसियाडलाई एथलेटिक्सबाट २० खेलाडी बन्द प्रशिक्षणलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रारम्भिक चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा बिहीबार र शुक्रबार भएको छनोटबाट पाँच स्पर्धाका लागि २० खेलाडी छनोट गरिएको संघका सचिव आरके विष्टले जानकारी गराए । ८०० र १५ सय मिटर दौडमा पुरुषमात्र […]

April 28, 2022

एशियाडको लागि कराते छनोट शुक्रवारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार देखि हुने भएको छ । पुरुषतर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागी हुन निम्नानुशार मापदण्ड पनि तोकिएको […]

April 28, 2022

मुवाँथाई हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय मुवाँथाई संघ नेपालको आयोजनामा आठौं इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ५२ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । २६ स्पर्धा समावेश प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा हुने छ ।

April 28, 2022

अशोक स्विडेन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले स्विडेन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् । प्रतियोगिता अप्रिल ३० देखि मे १ तारिखसम्म हुने छ । अशोक विश्व तेक्वान्दोको सेकेन्ड क्लास अन्तर्राष्ट्रियक हुन् ।

April 28, 2022

प्रणव र अभिलाषाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रणव खनाल र अभिलाषा विष्टको जोडी आठौं सिटिजन्स बैक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रणव र अभिलाषाको जोडीले प्रणव मानन्धर र सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा प्रदीप खड्का र सलोनी तामाङको जोडीले निसान श्रेष्ठ र प्रकृति […]

April 28, 2022

आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद – नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता जनाएको छ । ओलम्पिक कमिटिले आगामी सेप्टेम्वरमा चीनको हांग्झोउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ […]

April 28, 2022

मिनु र सुष्मा एसियाड छनोटको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीकी मिनु गुरुङ र बागमती प्रदेशकी सुस्मा तामाङ सन् २०२२ को सेम्टेम्वर १० देखि २५ सम्म चीनमा हुने १९औं एशियन गेम्स (एसियाड) को लागि सञ्चालित बक्सिङ छनोटको फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोमा बिहीबार भएको छनोटको दोस्रो दिन महिलातर्फ ५१ केजी तौल समुहमा आर्मी ‘ए’ की मिनु […]

April 28, 2022

‘नवौं राष्ट्रिय खेलकुदलाई सहयोग गर्न तयार छौं’ – खेलकुद मन्त्री गहतराज

पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले उक्त कुरा बताएका हुन् […]

Success

Thank you for your time.