default_image

अन्य

April 28, 2022

राष्ट्रिय पौडी अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा […]

April 27, 2022

विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनसिप –२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ । आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल शहरमा हुने १२औं […]

April 26, 2022

रुपन्देहीका कृष्णलाई बुटवलश्री’ शारीरिक सुगठन उपाधि

बुटवल (हाम्रो खेलकुद) – अन्तर लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ७५ केजी वजन समुह विजेता भइ फाइनल चरणमा प्रवेश गरेका फिटनेस टाइम सैनामैनका कृष्ण श्रेष्ठ औभरअल च्याम्पियन बन्न सफल भएका छन् । कृष्णले प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीहरुको चुनौतीलाइ पाखा लगाउदै शनिबार ’दशौं बुटवल श्री’ को उपाधिसंगै १ […]

April 26, 2022

पौडी पोखरी खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका […]

April 26, 2022

प्रदीप र प्रणव क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज […]

April 26, 2022

५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]

April 26, 2022

भलिबल संघ र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]

April 25, 2022

युनिभर्स च्याम्पियनसिपमा मरिचमान छैटौं

काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलको शारीरिक सुगठनतर्फ पुरुष ७० केजीमा मरिचमान लामा छैटौं भएका छन् । अप्रिल १५ देखि १७ तारिखसम्म भारतको पुनेमा भएको प्रतियोगितामा ४४ प्रतिस्पर्धी मध्ये मरिच छैटौं भएको नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका महासचिव अजयकुमार वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा मरिचसहित २ खेलाडी नेपालबाट सहभागी […]

April 25, 2022

आशिष र अकीको विजयी सुरुआत

काठमाडौंं (हाम्रो खेलकुद) – आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ […]

April 25, 2022

सदस्यसचिव घिसिङद्वारा कोषलाई आर्थिक सहयोग

काठमाडौंं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । करिब ४ […]

Success

Thank you for your time.