default_image

4 years ago

April 28, 2022

एशियाडको लागि कराते छनोट शुक्रवारदेखि

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार देखि हुने भएको छ ।

पुरुषतर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागी हुन निम्नानुशार मापदण्ड पनि तोकिएको छ ।

उक्त छनौट प्रतियोगितामा साफ गेम्स, एशियन गेम्स, विश्व कराते महासंघ (डबलुकेएफ) को प्रतियोगितामा सहभागी, एसियन कराते महासंघ (एकेएफ) को प्रतियोगितामा सहभागी खेलाडी, १३ औं साग गेम्समा बन्द प्रशिक्षणमा रहेका खेलाडीका साथै राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित छैटौ, सातौ र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको हुनुपर्नेछ ।

यस्तै ४८ औं गौतम बुद्ध राष्ट्रिय कराते प्रतियोगिता, राखेप च्याम्पियनसिप, राष्ट्रिय कराते प्रतियोगिता, कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता, गणेशमान सिंह फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिताहरुमा पदक बिजेता खेलाडीहरुले सहभागी हुन पाउने मापदण्ड तय गरिएको छ । दुईदिने छनोटका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.