default_image

अन्य

March 21, 2022

अमित र करिष्मा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूहमा स्वर्ण जितेका छन् । नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे । […]

March 21, 2022

एथलेटिक्स टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड जाने भएका छन् । १२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा […]

March 21, 2022

राखेप प्रशासनिक भवनको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन […]

March 21, 2022

मुख्यमन्त्री कप भलिबल – आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

धनगढी (हाम्रो खेलकुद) – ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । एकपक्षीय बनेको खेलमा उपाधि दावेदार आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सोझो सेटमा हरायो […]

March 21, 2022

एपिएफले प्रधानमन्त्री कप भलिबल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता समेत रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले नेपालगन्जमा यसै साता सुरु हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा भाग नलिने भएको छ । नेपालगन्जको कभर्ड हलमा प्रधानमन्त्री कपको आठौं संस्करण बिहीबार सुरु हुँदैछ । मुख्य खेलाडी चोटका कारण टोली बाहिर र केही खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) […]

March 21, 2022

ढुकु, मेगा र विप्लेको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटसल लिग (एमपिएल) सिजन चारमा ढुकु फुटसल हव, मेगा पावर र विप्ले कुमारीले दोहोरो जित दर्ता गरेका छन् । ढुकु फुटसलमा भएको खेलमा ढुकुले बार्सा नेपाललाई ६–१ ले तथा क्रिजल एफसीलाई ४–० ले हरायो । लगातार चौथो जितसँगै ढुकुको १२ अंक पुगेको छ । अर्काे खेलमा मेगा पावरले दि मिग्निटी […]

March 21, 2022

फुटसलको राष्ट्रिय टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।फुटसलका मुख्य प्रशिक्षक गौरव बस्नेतले २२ सदस्यीय टोलीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेका हुन् । अन्तिम चरणमा लक्ष्मण थापा, सुमित कुमार आले, विक्रान्त नरसिंह राना, धिरज जोशी, मिलन राई, प्रवेश जोशी, अमित लामा र मनोज गुरुङले स्थान बनाउन […]

March 21, 2022

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्ड–२०७७ को सबै तयारी पूरा भएको छ आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्डको १८ औं संस्करण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवं अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले बताएका हुन् । अवार्ड कार्यक्रम दिउँसो ३ः०० बजे सुरु […]

March 20, 2022

सुशिल र लक्ष्मण फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुशिल थापाले थाइल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ छनोट सेमिफाइनलमा यचटुओका रबिन थापालाई ५ः० अंकको आधारमा पराजित गरी फाईनलमा प्रवेश गरेका छन् । सोही तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले सुर्खेतका मोहन गुरुङलाई अंकको आधारमा पराजित गरे । वैल्टर वैट ६३ किलो तौल समुहमा नेपाल प्रहरीका भुपेन्द्र थापा र जेनेक्सका मुस्कान […]

March 20, 2022

धर्म र नितुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन र महिलामा सिन्धुपाल्चोककी नितु तामाङ पहिलो भएका छन् । धर्मले निर्धारित दुरी ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । नितुले ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् । पुरुष १ हजार […]

Success

Thank you for your time.