default_image

4 years ago

March 21, 2022

ढुकु, मेगा र विप्लेको दोहोरो जित

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटसल लिग (एमपिएल) सिजन चारमा ढुकु फुटसल हव, मेगा पावर र विप्ले कुमारीले दोहोरो जित दर्ता गरेका छन् ।

ढुकु फुटसलमा भएको खेलमा ढुकुले बार्सा नेपाललाई ६–१ ले तथा क्रिजल एफसीलाई ४–० ले हरायो । लगातार चौथो जितसँगै ढुकुको १२ अंक पुगेको छ । अर्काे खेलमा मेगा पावरले दि मिग्निटी महिलाजलाई २–१ ले तथा मेगा पावरले स्टुडेन्ट एफसीलाई ८–२ ले फराकिलो अन्तरले हरायो ।

यस्तै विप्ले कुमारीले स्टुडेन्ट्स एफसीलाई ६–४ ले तथा विप्ले कुमारीले दि मिग्निटी महिलाजलाई ३–१ ले हराउँदै दोहोरो जित निकाल्न सफल भयो । क्रिजलले क्रिजलले फुटसल ५ लाई ६–१ ले हराएको छ । फुटसल ५ ले बार्सा नेपाललाई ३–१ ले हरायो ।

चौथो राउन्डको खेलपछि ढुकु १२ अंक जोडेर शीर्षस्थानमा रहँदा मेगा पावर १० अंक जोडेर दोस्रोमा रहेको छ । क्रिजल एफसी ९ अंक जोडेर तेस्रो, विप्ले कुमारी र फुटसल ५ को समान ८ अंक छ । स्टुडेन्ट एफसी र बार्सा नेपालको समान ६ अंक छ । उक बराबरी खेलेको दि मिग्निटी महिलाजको ४ खेलबाट ५ अंक छ ।

एमपिएल दि वि युनाइटेड प्रोजेक्टद्धारा सञ्चालित नेपालको पहिलो महिला फुटसल लिग हो । यो पूर्णरुपमा महिलाहरुद्धारा सञ्चालित लिग हो । जहाँ महिलाले खेल्ने र महिलाले खेलाइने छ । यहाँ ८० भन्दा बढी महिला रहेका छन् ।

एमपिएलमा ८ टोलीको सहभागिता रहेको छ । लिगका खेल हरेक शनिबार ९ अप्रिलसम्म खेलाइनेछ । ८ टोलीले ६ साताको अवधिमा एक अर्कासँग खेल्नेछ । प्रत्येक जित, बराबरी र हारमा टोलीलाई अंक प्रदान गरिनेछ । बढी अंक बटुल्ने शीर्ष तीन टोलीलाई विभिन्न प्रायोजकहरुले प्रदान गरेको पुरस्कार प्रदान गरिनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.