4 years ago
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूहमा स्वर्ण जितेका छन् ।

नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे ।
पुरुष ४० केजीमा गुड स्टार्ट एकेडेमीका शेष रिजवान, ४५ केजीमा श्री सरस्वती माविका रमित महर्जन, ५० केजीमा दरबार हाइ स्कुलका संजोग लामा, ५५ केजीमा मधवालिया माविका रामसिंह घलान र ६० केजी दरबार हाइ स्कुलका सुशन तामाङ पहिलो भए ।
महिला ५५ केजीमा काठमाडौंकी अनिशा तामाङ, ४५ केजीमा दरबारकी दीक्षा महरा, ५० केजीमा महांकाल माविकी निसु तामाङ र ३५ केजीमा दरबारकी चाहना खत्री पहिलो भए । विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का प्रथम उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि एकदिने प्रतियोगिताको नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । विभिन्न २० विद्यालयका १ सय ५० खेलाडी सहभागी थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]