default_image

4 years ago

March 20, 2022

धर्म र नितुलाई स्वर्ण

305 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन र महिलामा सिन्धुपाल्चोककी नितु तामाङ पहिलो भएका छन् ।

धर्मले निर्धारित दुरी ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । नितुले ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् । पुरुष १ हजार ५ समय मिटर दौडमा ४ मिनेट २१.२ सेकेन्ड समय निकाल्दै ललितपुरका विकेश घिमिरेले स्वर्ण हात पारे । सोही स्पर्धाको महिलामा रामेछापकी निर्मली माझी पहिलो भइन् । निर्मलीले ५ मिनेट ५५.७ सेकेन्ड समय खर्चिन् ।

सटपुटको पुरुषमा चितवनका ललित राउत तथा महिलामा सिन्धुलीकी प्रमिला माझीले शीर्ष स्थान हात पारे । ललितले १०.५६ मिटर तथा प्रमिलाले ८.१० मिटर फाले । पुरुष १ सय मिटर दौडमा मकवानपुरका गौरव मोक्तानले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ११.५८ सेकेन्ड समय लगाए । त्यसै स्पर्धाको महिलामा १३.१४ सेकेन्ड समय खर्चेकी ललितपुरकी लुजला अमात्य पहिलो भइन् ।

हाइजम्पको पुरुषमा सिन्धुलीका रोशनकुमार दनुवार तथा महिलामा चितवनकी मिना कुमालले बाजी मारे । रोशनले १.७२ मिटर तथा मिनाले १.३० मिटर उचाईं नाघे । पुरुष ४ सय मिटर दौडमा चितवनका अमृत बोट पहिलो भए । उनले ५३.२८ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको महिलामा ललितपुरकी रोजिना दुलाल पहिलो बनिन् । रोजिनाले १ मिनेट ०६.६६ सेकेन्डमा दौड पूरा गरिन् ।

तेक्वान्दो
प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी, ५८ केजीमुनि काभ्रेका सरोज मगर, ६३ केजीमुनि नुवाकोटका प्रवीन वाइबा, ७४ केजीमुनि काठमाडौंका विप्लव नेगी लामा, ८७ केजीमुनि चितवनका अमन थापा मगर र ८७ केजीमाथि चितवनका सौरव सिंहले स्वर्ण जिते ।

महिलाको ४६ केजीमुनि चितवनकी आयुष्मा चौधरी, ४९ केजीमुनि चितवनकी स्नेहा परियार, ५३ केजीमुनि सिन्धुपाल्चेककी अन्जली तामाङ, ६७ केजीमुनि नुवाकोटकी प्रिजना राई, ७२ केजीमुनि नुवाकोटकी पवित्रा राई र ७२ केजीमाथि चितवनकी नमिता गौलीले शीर्ष स्थान कब्जा गरे ।
पुम्सेको एकलतर्फ पुरुषमा मकवानपुरका राम गोले र महिलामा रामेछापकी सन्ध्या लामा पहिलो भए । पेयरमा मकवानपुरका लक्ष्मण गोले र कविता राईले स्वर्ण जिते ।

पुरुष टिममा चितवनका आशिष सुवेदी, अब्बास अन्सारी र सौरव अधिकारी पहिलो बने । सोही स्पर्धाको महिलामा काठमाडौंका स्मृति नेपाली, रंगिला रोका र दीक्षा राईको टोलीले स्वर्ण चुमे ।

पुरुष फुटबलमा मकवानपुर च्याम्पियन
मकवानपुरले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल उपाधि आइतबार जितेको छ । हेटौंडाको पिप्लेस्थित क्याम्पडाँडा रंगशालामा भएको फाइनलमा मकवानपुरले ललितपुरलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए । मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.