default_image

अन्य

March 23, 2022

लुम्विनी जनरल इस्योरेन्स ओपन गल्फ यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी जनरल इस्योरेन्स कम्पनीको प्रायोजनमा यसै साता रोयल नेपाल गल्फ क्लबमा ओपन गल्फ प्रतियोगिता हुने भएको छ । शुक्रबार र शनिबार आयोजना हुने प्रतियोगितमा करिब १ सय २० गल्फरको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी जनरल इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले जानकारी दिए । प्रतियोगितमा महिलातर्फ १०, जुनियरतर्फ १६ […]

March 23, 2022

आर्मी र पुलिस मुख्यमन्त्री कप भलिबलको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो । एकपक्षीय […]

March 23, 2022

प्रधानमन्त्री कप भलिबलमा दुई भारतीयसहित ६ टोली

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा दुई भारतीयसहित ६ टोलीको सहभागिता रहने भएको छ । बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको र यसपटक दुई भारतीय टोलीको सहभागिता रहने जानकारी गराए । प्रधानमन्त्री कप चैत १० […]

March 22, 2022

शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको मंगलबार १८ औं संस्करणमा शाहलाई लाइफ टाइम एचिभमेन्ट गोल्डेन सेल्युट अवार्डबाट सम्मानित गरेको हो । २०३४ देखि २०४५ सम्म राखेपको नेतृत्व गरेका शाहको समयमा वृहत […]

March 22, 2022

सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौं (हाम्रो खेलकुद) – शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विराटनगरमा सुरु भएको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ […]

March 22, 2022

बागमती हाप्किडोको राष्ट्रिय च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश […]

March 22, 2022

शेखर र स्वागता पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे । मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए । महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन् […]

March 22, 2022

मुख्यमन्त्री कप भलिबल – पुलिस, गण्डकी र बागमतीको सुखद् सुरुवात

धनगढी (हाम्रा खेलकुद) – कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विधागीय नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेशले सुखद सुरुवात गरेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै तीन वटै टोलीले सुखद सुरुवात गरेका हुन् । मंगलबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को […]

March 22, 2022

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का […]

March 22, 2022

सावित्रा दशककै उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् । सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय […]

Success

Thank you for your time.