September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ । नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे । नागर्जुन १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ […]
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् । विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित […]
September 27, 2024
ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ। मन्त्री महर्जनका हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रवार निधन भएको हो । निमोनियाबाट पीडित महर्जनलाई बिहीवारदेखि उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो। महर्जनका श्रीमती, ५ छोरा र १ छोरी छन् । उनको अन्तिम संस्कार शनिवार विहान ९:०० […]
September 27, 2024
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]
September 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का क्रममा एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । धलाई असोज १८ गते नेपाल आइपुग्ने नेपाल रग्बी संघले जनाएको छ। एसिया रग्बीको आयोजना र रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ […]
September 25, 2024
पोखरा (हाम्रो खेलकुद)- सोइङ थापाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। गण्डकी थण्डर्सले बुधवार पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट सोइङ छनोट भएकी हुन्। गण्डकीको पोखरामा ३० जना खेलाडीहरु ट्यालेन्ट हन्टमा सहभागी रहेको पोखरा थण्डर्सले जनाएको छ। १७ वर्षकी सोइङ हाल पोखरामा बस्दै आएकी छन् । ५ फिट ८ इन्च हाइट […]
September 25, 2024
हेटौंडा (हाम्रो खेलकुद )- बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन गर्न जिम्मेवारी प्रदान […]
September 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स खेल्ने भएका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी काठमाडौं र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडी हुन्। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगको खेल तालिका […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी उषा भण्डारीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ। नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी […]
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै […]