September 17, 2017
काठमाडौं(हाम्रो खेलकुद )- रुपक स्मृति फाउण्डेसनले विमान दुर्घटनामा परि निधन भएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको निधन भएको २५ औं पुण्य तिथिमा साइकल रेस गर्ने भएको छ । रेस असोज ७ गते हुने बताइएको छ । रुपकराज शर्माको सन् १९९२ मा पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पिआईए) विमान दुर्घटनामा […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रोङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका छन् । स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका सेनाका खेलाडीले पदकसहित समान ११ हजार रुपैयाँ प्राप्त गरे । काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियरतर्फ सेनाकी कमला श्रेष्ठ र सिनियरतर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक ‘स्पोर्ट्स मेडिसिन’ सार्वजनिक भएको छ । खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनको युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधबार एक कार्यक्रमको बीच विमोचन गरे । पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले […]
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रोङगेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । काठमाडौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ कमलाले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथ कुल १ सय ४३ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बु पल्सर स्पोर्टस अवार्ड वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गल्फमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै ६ दशक लामो यात्रा तय गरेका धनश्याम थापालाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजना भइरहेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा थापालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । कुनै न कुनै रुपमा नेपाली खेलकुदमा निरन्तर सक्रिय त्यस्ता व्यक्तित्वलाई मञ्चले […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको उपाधि हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजुले जितेकी छिन । एसएमएस र फेसबुक लाइक गरेर उनले कुल ६६८६४ भोट प्राप्त गरिन भने दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट प्राप्त गरे । त्यस्तै ८७७४ भोट सहित क्रिकेटका […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम) यसपटक स्पेशल अवार्डबाट सम्मानित भएको छ । कैदी आमा बाबुका सन्तानको लालन पालन, संरक्षण र तीनलाई नै जुडो खेलाडीका रुपमा तयार पार्न आठ बर्षदेखि सक्रिय पामलाई नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आज आयोजना भइरहेको पल्सर […]
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फरक ढंगले सक्षम रहेका खेलाडीका लागि पनि नेपाल खेलकुद पत्रकार मञ्चले सम्मान गर्ने परम्परा केही वर्षअघि नै सुरु गरेको थियो । त्यहि सिलसिलालाई निरन्तरता दिदै मञ्चले यो बर्ष पदम बडेलालाई पारा एथलिट अवार्डबाट सम्मानित गरेको छ । ब्लाइन्ड टि ट्वान्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यानका रुपमा सावित गरेको पदमलाई राजधानीमा जारी […]