default_image

popular

September 8, 2018

‘ट्रफी सहित फर्कने सपना छ’ – नवयुग

प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । नेपालको लागि अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि जित पक्का भएको थियो । ‘म बेन्चको प्लेयर होइन भन्ने आजको खेलमा प्रमाणित गरेको छु’ , नेपाली टोलीका फरवार्ड नवयुग श्रेष्ठले भने, ‘पाकिस्तानसँग पहिलो […]

September 8, 2018

‘फाइनलमा भारतलाई हराउने इच्छा छ’ – फरवार्ड विमल

प्रकाश तिमल्सिना ढाका – नेपाली टोलीका फरवार्ड विमल घर्तिमगरले साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारत भन्दा माल्दिभ्ससँग खेल्ने चाहना राखेका छन् । जित्नै पर्ने बंगलादेशविरुद्धको समूह चरणको खेलमा नेपाली टोली २–० ले जितेपछि विमलले भने, ‘म व्यक्तिगत रुपमा सेमिफाइनलमा माल्दिभ्स आओस् भन्ने चाहन्छु । फाइनलमा भारतलाई हराउने चाहना छ । मलाइ मात्र होइन हरेक समर्थक भारतलाई हराएको […]

September 8, 2018

नेपाललाई साफको सेमिफाइनल पुर्याउने महर्जन पहिलो स्वदेशी प्रशिक्षक

प्रकाश तिमल्सिना ढाका– समकालिन प्रशिक्षकमा सफलताका हिसाबले बालगोपाल महर्जन सबैभन्दा अगाडी आउछन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई २–० ले हराएपछि नेपाल गोलअन्तरका आधारमा समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । त्योसँगै महर्जन साफ च्याम्पियनसिपको इतिहासममा नेपाललाई सेमिफाइनल पुर्याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् […]

September 8, 2018

नेपाल समूह विजेता, पाकिस्तान उपविजेता, बंगलादेश र भुटान बाहिरीए

प्रकाश तिमल्सिना ढाका- बंगालदेशमा जारी साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ बाट नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई २-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्न सफल भएको हो । समूहमा रहेक तीन टोलीको ६ अंक रहेपछि हेड टु हेड लिग टेबलको आधारमा समूह विजेता र उपविजेता छिनोफानो […]

September 8, 2018

साफ सुजुकी कप – नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

प्रकाश तिमल्सिना ढाका – आवश्यकता अनुसारको जित निकाल्दै नेपाली फुटबल टोली साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । […]

September 8, 2018

पूर्व कप्तान सागरलाई सम्झाउने विमलको गोल

प्रकाश तिमल्सिना ढाका – विमल घर्तिमगरले शनिबार साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा शनिबार बंगलादेशविरुद्ध फ्रिकिकमा गोल गर्दा धेरैले पूर्व कप्तान सागर थापाको गोललाई स्मरण गरेका छन् । सागर थापाकै शैलीकै गोलमा विमलले ३३ औं मिनेटमा साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाएका थिए । सुनिल बललाई वाले फैजलले […]

default_image

September 8, 2018

बंगलादेशविरुद्धको अग्रता जोगाए नेपाल सेमिफाइनल पुग्ने

प्रकाश तिमल्सिना ढाका- नेपालले अब दोस्रो हाफमा अग्रता जोगाउन सके सन् २०१३ पछि पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गर्नेछ । पहिलो हाफको समाप्तीमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ । विमल घर्तिमगरले टाढाबाट फ्रिकिकमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । झन्डै ३५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई विमलले गोलमा परिणत गरेका […]

default_image

September 8, 2018

बंगलादेशविरुद्ध नेपालको अग्रता, विमलको गोल

प्रकाश तिमल्सिना ढाका- नेपालले साफ सुजुकी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा अग्रता लिएको छ । विमल घर्तिमगरले गोल गरेपछि नेपालले ३३ औं मिनेटमा खेलमा अग्रता बनाएको छ । विमलले झन्डै ३५ यार्डबाट गरेको फ्रिकिकलाई गोलकिपरले हातमा आइसकेको बल फुत्यकाएपछि गोल भएको थियो ।  विमलको जारी प्रतियोगितामा दोस्रो गोल हो । उनले पाकिस्तानविरुद्धको पहिलो खेलमा […]

September 8, 2018

साफ सुजुकी कप- भरतले नेपाली टोलीको कप्तानी गर्ने

प्रकाश तिमल्सिना ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तगर्त बंगलादेशविरुद्धको अन्तिम खेलमा भरत खवासले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि भुटानसँगको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गरेका थिए । त्यो खेलमा नियमित कप्तान विराज महर्जन र भरत पहिलो रोजाइमा नपरेपछि किरणले कप्तानीको मौका पाएका थिए । भरत र मिडफिल्डर नीराजन खड्काले बंगलादेशविरुद्धको खेलमा पहिलो […]

September 8, 2018

बंगलादेशसँग खेल्नुअघि वार्मअपमा नेपाली टोली

विवेक सुवेदी ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल पुग्न यस खेलमा नेपालले जित दर्ता गर्नुपर्नेछ । बंगलादेशको पनि अर्को चरणमा पुग्ने पक्का भएको छैन ।

Success

Thank you for your time.