September 8, 2018
म्युनिख (एजेन्सी) – व्यक्तिगत कारण देखाउदै जर्मनीका मिडफिल्डर लिरोए सानेले पेरुविरुद्धको मैत्रीपूर्ण खेल अघि टिम होटेल छाडेका छन् । उनले शुक्रबार व्यक्तिगत कारण देखाउदै टिमसँगै रहेको होटल छाडेको जर्मन फुटबल एसोसिएनसले जनाएको छ । होटल छाड्ने बेलामा सानेले प्रशिक्षक जोचिम लोउसँग सल्लाह लिएको एसोसिएसनले जनाएको छ । सानेले युइएफए नेसन्स लिगमा फ्रान्सविरुद्धको खेलपछिको २४ घन्टा […]
September 8, 2018
एजेन्सी – क्रिस्टियानो रोनाल्डो, लुका मोड्रीच र मोहम्मद सलाह को नाम समेटिएको फिफा उत्कृस्ट खेलाडीको मनोनयन केहि दिन अघि सार्वजनिक भयो । यो सुचिमा पर्नु पर्ने भएपनि छुटेका एक मात्र खेलाडी हुन् अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी । सन् २००६ यता मेस्सी यो सुचिमा १२ बर्ष लगातार पर्दै आएका थिए । उत्कृष्ट क्लब सिजनका बाबजुद […]
September 8, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले ओल्ड ट्राफर्डमा आफ्नो बारेमा सधैं चर्चा भईरहने बताएका छन् । २५ वर्षीय पोग्बाले पछिल्लो सिजन केहि खस्किएको प्रदर्शन गरेका थिए । मोउरिन्होसँग खटपटको हल्ला र खस्किएको प्रदर्शनका कारण उनी यस सिजन युभेन्ट्स र बार्सिलोनासँग नजिक भएको बताइएको थियो । यस सिजन उनले ओल्ड ट्राफर्ड छोड्न सक्ने धेरैले […]
September 7, 2018
ब्युनोस आएर्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका अर्जेन्टिनी गोलरक्षक सर्जिओ रोमेरोले राष्ट्रिय टिमका पूर्व कप्तान लियोनल मेस्सी टिममा उपस्थित नभएको अवस्थामा उनले लगाउँदै आएको जर्सी नं. १० खेलमा प्रयोगमा आउनु पर्ने बताएका छन् । सामान्यतया जर्सी नं. १० टोलीका सर्वश्रेष्ठ आक्रामक खेलाडीले लगाउने जर्सिको रुपमा मानिन्छ । वर्तमान अवस्थामा मेस्सीले अनिश्चितकालका […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले शनिबार आयोजकको सामना गर्दैछ । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन जित आवश्यक छ । बराबरी भएको खण्डमा नेपालले भुटान र पाकिस्तानको खेलको नतिजामा निर्भर हुनुपर्ने छ । भुटानविरुद्ध पछिल्लो खेलमा नेपाल ४-० ले विजयी हुँदै ३ अंक जोड्न सफल रहयो । त्यसअघि […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश आमने-सामने हुँदैछन् । सेमिफाइनलमा स्थान बनाउन दुवै टोली जित दर्ता गर्न आतुर छन् । समूहको अर्को खेलमा पाकिस्तान र भुटान खेल्दैछन् । गणितीय रुपमा सबै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवितै छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपनि दोस्रो […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका – नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । उक्त खेलमा जित दर्ता गरे नेपाल सेमिफाइनल पुग्नेछ । अन्य नतिजा आएको खण्डमा भने नेपालको भाग्य समूहको अर्को खेलले निर्धारण गर्नेछ । नेपाली टोलीका मुख्य डिफेन्डर अनन्त तामाङले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । रक्षात्मक रुपमा निकै भरपर्दा डिफेन्डर अनन्त […]
September 7, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका– हरेक मान्छेका आफ्नै सपना हुन्छन् । फरक मान्छे फरक सपना । तर, राष्ट्रिय टोलीमा पर्ने हरेक खेलाडीको समान सपना भनेको टोलीलाई जित दिलाउने हुन्छ । त्यसपछि आउछ व्यक्तिगत सपना । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा बिहीबार भुटानसँग खेल्दै कप्तान विराज महर्जनले नेपाललाई सर्वाधिक क्याप जित्ने सपना पुरा गरे । उनकै ब्याचका […]
September 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना भारतको लखनाउमा हुने यू-१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि यो प्रतियोगिता तयारीको रुपमा रहेको छ । आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्य रहेका छन् । मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ […]