June 5, 2016
अखिल नेपाल फुटबल संघको आयोजनामा भईरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बौद्ध फुटबल क्लब र स्वयम्भु क्लब विजयी भएका छन्| दिनको पहिलो खेलमा बौद्धले खालीबारी क्लबलाई २-१ले पराजित गर्यो| रेलिगेसनबाट बच्न संघर्षरत दुवै टोलीका लागि तिन अंक एकदम महत्वपूर्ण थियो र अन्तिम स्थानमा अंकविहिन रहेको बौद्धले लिगमा […]
June 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुलटबल संघविरुद्धको मुद्दा फिर्ता भएपछि पछिल्लो दुई बर्षदेखिको नेपाली फुटबलको आन्तरिक विवाद तत्कालका लागि औपचारिक रुपमै अन्त्य भएको छ । तीन उपाध्यक्ष र सदस्यले आफ्नो पुर्नबहाली भएको भोली पल्टै पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा फिर्ता लिएपछि फुटबलको वैद्यानिक विवाद अहिलेका लागि समाधान भएको हो । फिफाको निर्देशनपछि एन्फाले […]
June 5, 2016
वासिंटन (एजेन्सी) – ब्राजिल कोपा अमेरिकामा विजयी सुरुआत गर्नबाट चुकेको छ । अमेरिकामा जारी कोपा अमेरिकाको समूह बीको खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । ब्राजिल विश्व फुटबलमा ठूलो नाम हो । तर इक्वेडरले पनि पछिल्लो केही महिना यता उच्च प्रदर्शन गर्दै आएको छ । सोही समूहको अर्को खेलमा पेरुले हाटीलाई १–० ले हराउँदै […]
June 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुले क्रिकेट खेलाडी संघ नेपालको नेतृत्व लिएका छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालको अध्यक्ष निर्विरोध निर्वाचित भएको संघमा पूर्व कप्तान विनोद दास र महिला राष्ट्रिय खेलाडी सीता रानामगर उपाध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान कप्तान पारस खड्का महासचिव चयन भएका छन् । कीर्तिपुरमा शनिबार झन्डै ७० खेलाडी सहभागिता […]
June 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका सफल खेलाडीमध्येका एक उमेश प्रधान परिवारसहित अमेरिका गएको दशक बढी भइसकेको छ । अमेरिका जानुअघि उनले खेल जीवनमा दुई पटक दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेका थिए । सन् १९८४ र १९९३ मा नेपालले अहिले सम्म जितेका दुई स्वर्ण पदकको हिस्सा रहनेमा प्रधान र अहिले राष्ट्रिय टोलीका […]
June 4, 2016
–सुबास हुमागाईं सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गत जेष्ठ १० गतेदेखि सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन फुटबल प्रतियोगिता सुरु भएको छ। तेह्र टोलि सम्मिलित सो प्रतियोगितासंगै एन्फाले अब ‘बि’ र त्यो सकिएलगत्तै ‘ए’ डिभिजन लिग पनि सुरु गर्ने लक्ष्य लिएको छ। विगतको तुलनामा ‘सी’ डिभिजन क्लबहरुको खेलस्तर निकै उठेको सहभागी क्लबसंग सम्बन्धित खेलाडी एवं प्रशिक्षकहरुले […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वीरगणेशमान कप राष्ट्रिय महिला पूरुष ह्याण्डबल प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको छ । कपन आकासेधार स्थीत ह्याण्डबल मैदानतमा शुक्रबार सम्पन्न खेलहरुमा पुरुष तर्फ आयोजक सदाबहार खेलकुद समाजको ए टिम सहित हिमालय क्लब बाटुलेचौर, तथा एपिफ क्लब र नेपाल आर्मी सेमिफाइनलमा पुग्न सफल भएका छन । सदाबहारले मध्यमाञ्चललाई १० का विरुद्ध ६ […]
June 3, 2016
काठमाडौं( हाम्रो खेलकुद) -बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ । जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर […]
June 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– साधारण सभा नजिकिदै गर्दा नेपाल बक्सिङ संघको समिकरणले नयाँ मोड लिएको छ । संघका अध्यक्ष राजीव श्रेष्ठले पुनः अध्यक्षको चुनावी प्रतिस्पर्धाबाट आफुलाई अलग राखेपछि अर्का आकंक्षी राम अवालले नेतृत्व लिने बाटो सहज हुने देखिएको छ । यद्दपी शनिबार साधारण सभाकै बीच नयाँ समिकरण पनि बन्न सक्ने सम्भावना भने रहेको बताइन्छ । अवालले […]