February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् । थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको […]
February 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिायली ब्याडमिन्टन टिम च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसियाको केदाह प्रस्थान गरेको छ । फेब्रुअरी ६ देखि १० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विकास श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नेपाल ब्याडमिन्टन संघका सचिव नवीन शाहका अनुसार प्रतियोगितामा १६ राष्ट्रको […]
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – किङ कम स्पोर्टस् क्लब, भिमसेनगोलाको आयोजनामा आठौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता माघ २७ देखि हुने भएको छ । पुरुष जोडी मात्र खेलाइने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २० औं र्याङिकङमा परेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी गराए । नेपाल ब्याडमिन्टन संघको नियमानुसार खेलाईने प्रतियोगितामा विजयी हुने जोडी रनिङ […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका तामाङ दिदीभाई नङ्शल तामाङ र रत्नजित तामाङले सुदूरपश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ स्वर्ण जितेका छन् । टिम ईभेन्टसको एकल प्रतिस्पर्धामा एपिएफका दिपेश धामीसँग हार व्यहोरेका रत्नजितले व्यक्तिगत स्पर्धामा दिपेशलाई पराजित गर्दै उपाधिको दाबेदारीता प्रस्तुत गरे । पहिलो सेटमा १९–२१ ले पछि […]
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्ड हलमा शुक्रबार भएको सेमिफाइनलको तेस्रो सेटमा घाइते भएका कारण प्रिन्स दाहालले खेल्न नसक्ने भएपछि रत्न उपाधिनजिक पुगेका हुन् । यसअघि शीर्ष वरियताका रत्नविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेका प्रिन्सले पहिलो […]
January 16, 2018
महेन्द्रनगर (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले विजयी सुरुवात गरेका छन् । शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभाले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरे । महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती […]
December 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र शोभा गौचनको जोडी राजधानीमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिज अन्तर्गतको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्डहलमा आइतबार भएको फाइनलमा दिपेश धामी र शोभा गौचनको जोडी भारतीय भी डेभलेकर र हारिका भेलुदुर्तीसँग २१–१५ र २१–७ को सोझो सेटमा पराजित […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा पाँच मध्ये एउटा इभेन्ट्को फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्सको फाइनलमा पुगेपछि नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ । गत महिना पाकिस्तानमा अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा मिक्स डलब्समा स्वर्ण पदक जितेका दीपेश र शोभाले आज भएको सेमिफाइनलमा […]
December 21, 2017
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा राष्ट्रिय स्तरको ब्याडमिन्टन कर्भड हल बन्ने भएको छ । जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले जिल्ला खेलकुद विकास समिति (जिखेविस) को सहयोगमा कभर्ड हल बनाउन लागेको हो । जिखेविसले संघलाई ४ कट्ठा जग्गा उपलव्ध गराएपछि कभर्डहल बनाउन सहज भएको बताइएको छ । ब्याडमिन्टन संघले सुर्खेतमा आधुनिक शैलीको ब्याडमिन्टन कर्भड हल बनाउने भन्दै […]