default_image

Racquet

February 29, 2024

राष्ट्रिय लनटेनिस – साविक विजेता प्रदीप सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सक्षम भुषण शाह र आर्यन गिरीको जोडी तथा आशिष खड्का र आयुषमान गुरुङको जोडी बुटवलमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको मेन्स डबल्सको उपाधिका लागि भिड्ने भएको छ । पहिलो सेमिफाइनलमा सक्षम भुषण र आर्यनको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३ तथा अर्को सेमिफाइनलमा आशिष र […]

February 28, 2024

रितिक राष्ट्रिय खुला लन टेनिसको क्वार्टरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा जारी छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० अन्तरगत दोस्रो दिन बुधवार मेन्स सिगलतर्फ अन्तिम आठको टुंगो लागेको छ । दोस्रो दिन खेलाइएका ३४ खेल सम्पन्न भएको छ । रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण शाह मेन्स […]

February 28, 2024

रसिला र प्रिन्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल पुरुष र रसिला महर्जन महिलार्फत लि निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरियताबीचको सेमिफाइनलमा पुगेका छन् । प्रिन्स पुरुष एकल तर्फ समूह ए बाट विजेता र सो समूहको उपविजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी बुधबार सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट विजेताको रुपमा […]

February 27, 2024

टेबलटेनिसकी नविता टोयोटा मोटरको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद) – लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे । सम्झौता एक वर्षको रहेको […]

February 27, 2024

लन टेनिसको पहिलो दिन निहालको जित

सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]

February 23, 2024

सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

दिपक बोहोरा, पाँचथर कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् । पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा […]

February 21, 2024

कोशी स्तरीय ब्याडमिन्टन सुरु

दीपक बोहोरा, पाँचथरजिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा […]

February 20, 2024

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

दिपक बोहोरा, पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै […]

February 12, 2024

निश्चल र पविनको जोडीलाई ब्याडमिन्टन उपाधि

हिमाल‌ खरेल, बिर्तामोड निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले बिर्तामोडमा भएको पाँचौं संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फको‌ उपाधि जितेको छ। मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सोमबार भएको फाइनलमा भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपको जोडीले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा […]

February 11, 2024

राष्ट्रिय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । भोलि माघ २९ गते फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला […]

Success

Thank you for your time.