default_image

टेबल टेनिस

June 4, 2017

नेपाली टेबल टेनिसलाई स्ट्यागको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिस खेल सामाग्री उत्पादक भारतीय कम्पनी स्ट्याग इन्टरनेसनलले नेपाली टेबल टेनिसलाई प्रायोजन गर्ने भएको छ । विगतमा अनौपचारिक रुपमा सहयोग गर्दै आएको स्ट्यागले औपचारिक रुपमा नेपाली टेबल टेनिसलाई सहयोग गर्न लागेको यो पहिलो पटक हो । स्ट्यागले एक बर्ष बिराएर टेबल टेनिसका आवश्यक सामाग्री उपलब्ध गराउने सम्झौता भएको अन्तर्राष्ट्रिय टेबल टेनिस […]

May 31, 2017

जर्मनीमा टेबल टेनिसलाई सान्त्वना जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शिवसुन्दर गोथेले जर्मनीको डसलडर्फ भइरहेको विश्व टेबलटेनिस च्याम्पियनसिपको पुरुष एकल इभेन्टतर्फ समूह चरणको अन्तिम खेलमा जित हात पारेका छन्। पहिलो २ खेलमा ४-०को सोझो सेटमा परजित्त भएका गोथेले आइभरी कोस्टका कौजो यान इमान्युएललाई ४–० को सोझो सेटमा पराजित गरेका हुन्। नेपालको सम्पूर्ण प्रतिस्पर्धाहरुमा यात्रा समापन भईसकेको छ। नेपालबात ४ खेलाडी […]

May 31, 2017

आइटिटिएफको साधारण सभामा नेपालको चर्चा

काठमाडौं (हाम्रो खेलकुद)– जर्मनीको डस्सल जारी अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को साधारण सभामा बुधबार नेपाली टेबल टेनिसको चर्चा भएको छ । यसपटकको आइटिटिएफको प्रतिवेदनमा नेपालमा सञ्चालन भइरहेको युनाइटेड नेसन डेभलप्मेन्ट अफ स्पोर्टस परियोजना अन्तर्गत पारा टेबल टेनिसका बारेमा प्रकाशित गरिएको छ । हनुमान ढोकामा पारा एथलिटहरुको टेबल टेनिस खेलिरहेको तस्बिर प्रतिवेदनको मुख्य पृष्ठमा प्रकाशित […]

May 30, 2017

एकल प्रतिस्पर्धामा नेपालको यात्रा समाप्त

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सोमबारबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालको सिङ्गल्स इभेन्टमा यात्रा समाप्त भएको छ। नेपालका चारै खेलाडीले समुह चरणका सबै खेलमा हार व्येहोरेका थिए। मिक्स डबल्समा १ खेल जितेको नेपालले दोश्रो चरणमा भने हार व्येहोर्यो। मिक्स्ड डबल्स अन्तर्गत शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्गको जोडीले ट्रीनिडाड एण्ड टोबेगोका डेकस्टर […]

May 29, 2017

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नविता र अमरको जोडीलाई सफलता

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालले मिक्स डबल्समा जितका साथ यात्रा प्रारम्भ गरेको छ । नेपाली अमर मल्ल र नविता श्रेष्ठको जोडीले बंगलादेशका महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई ३–० को सोझो सेटमा हराएको जर्मनीबाट नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन् । एकतर्फी […]

May 29, 2017

टेबल टेनिस विश्व च्याम्पियनसिपमा नेपालको खेल तय

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आजबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ। नेपालका ४ जना खेलाडीले नै आज आफ्नो खेल खेल्दैछन्। सिङ्गलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी शिवसुन्दर गोठे छनोट चरणको समूह ५५मा पुएर्टो रिकोका ड्यानीएल गोन्जालेज, बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र आइभोरी कोष्टका यान इम्यानुएल कोउआड्जोसँग रहेका छन्। […]

May 26, 2017

विश्व च्याम्पिनसिपका लागि टेबल टेनिस खेलाडी जर्मनी जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जर्मनीमा आयोजना हुने विश्व टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । मे २९ देखि जुन ५सम्म हुने प्रतियोगितामा २ महिला र २ पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ […]

May 13, 2017

टेबल टेनिस बिडम्बना: प्रशिक्षकबिना विश्व च्याम्पियनसिप खेल्ने तयारी

काठमाडौँ (हाम्रो खेलकुद) – लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हाल नेपालका ४ खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा व्यस्त देखिन्छन्। जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा अखिल नेपाल टेबल टेनिस संघले एक प्रतियोगिता मार्फत २ महिला र २ पुरुष खेलाडीलाई छनोट गरेको हो। छनोट चरण अन्तर्गत […]

May 12, 2017

५ वर्षीय छोरीकी आमा विश्व च्याम्पियनसिप खेल्दै

–सुबास हुमागाईं २०६८ साल फाल्गुन महिनाको तेश्रो साता स्वेच्छा नेम्वाङ्ग महेन्द्रनगरमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा व्यस्त थिइन्। ५ महिनाको गर्भवती नेम्वाङ्गले प्रतियोगिताको टेबल टेनिस अन्तर्गत टिम इभेन्टमा स्वर्ण पदक हात पारिन भने व्यक्तिगत स्पर्धामा उनको यात्रा क्वार्टरफाइनलमा सिमित रह्यो। त्यसयता टेबल टेनिस छाडेर हङकङ लागेकी स्वेच्छा लामो समयपछि टेबल टेनिसमा फर्किएकी छिन्। एक समय […]

May 11, 2017

विश्व च्याम्पियनसिप तयारीमा व्यस्त टेबल टेनिस

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा नेपालका ४ खेलाडी व्यस्त छन्। लैनचौरस्थित नेपाल टेबल टेनिस संघको कभर्ड हलमा अहिले २ पुरुष र २ महिला टेबल टेनिस खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा जुटेका छन्। पुरुष तर्फ शिव सुन्दर गोठे र अमर लाल मल्ल […]

Success

Thank you for your time.