May 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कास्यपदक जित्न सफल एलिना महर्जनले आफुले प्राप्त गरेको पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री महामारीको रुपमा लिएको कोरोना भाइरसका (कोभिड–१९) र लकडाउनका कारण विपदमा परेका परिवारलाई हस्तान्तरण गरेकी छिन् । विभागीय नेपाल पुलिसमा कार्यरत एलिनाले सागमा टेबल टेनिसतर्फ […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे । बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको ‘सम्झना कप खुल्ला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता शनिवार देखी माघ २५ सम्म हुने भएको छ । ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्स प्रा.ली.को व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको बारे काठमाडौंमा मंगलबार अखिल नेपाल टेबुल टेनिस संघले जानकारी दिएको छ । लैनचौर स्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद ९साग० मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेस्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो । सागको १३औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ […]
December 6, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – १३ औं साग अन्तरगतकाे टेबल टेनिसका नेपाल च्याम्पियन स्यान्टु श्रेष्ठ र पुरुषाेत्तम बज्राचार्य पुरुष एकलमा कास्यपदक जितेका छन् । लैनचाैरस्थित टेबल टेनिस हलमा शुक्रबार भएकाे सेमिफाईनलमा स्यान्टु भारतका अमरलाज एन्थाेनीसँग ४-० काे सेटमा पराजित भए । ११-४, १२-१०, ११-८ र ११-३ काे सेटमा पराजित भए । यस्तै पुरुषाेत्तम पनि भारतका हर्मित […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वीट्जरल्याण्डका अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक पाभेल रिहोरेकलाई बिहीबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील शाहीको पहलमा एक हप्ताका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन आएका पाभेललाई विदाई गरिएको हो । उनी शनिबार स्वीट्जरल्यान्ड जानेछन् […]
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोटमा शतप्रतिशत जित निकाल्दै नेपालमा आसन्न मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेवलटेनिसबाट छनोट भएकी छन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म चलेको छनोटमा महिला र पुरुषमा समान ५–५ गरी १० खेलाडी छनोट भएको हो । महिलामा नवितासहित ५ खेलाडी रविना […]
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टेबल टेनिसका तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ दुर्घटनामा परेका छन् । नयाँ बानेश्वरबाट मैतीदेवीस्थित कलेज जाँदै गर्दा बा १ ज ८८३१ नम्वरको माइक्रो बसले स्यान्टु सवार बा ९२ प ५०८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा स्यान्टु घाइते हुन पुगेका हुन् । घटना बिहान ११ बजे भएको हो । उनको दायाँ खुट्टामा चोट […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिसिआरसिका आरिश महर्जन पुरुष र अनुष्का प्रसाईं महिलातर्फ १४ औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलामा च्याम्पियन बनेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ ले हराए । ललितपुरका रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय […]