default_image

पदक

December 9, 2019

साग पुरुष क्रिकेट: नेपाललाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्य जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित […]

December 9, 2019

नेपालले माल्दिभ्सविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा कास्य पदकको लागि माल्दिभ्सविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल तेस्रो र माल्दिभ्स चौथो स्थानमा रहेर कास्य पदकको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । […]

December 9, 2019

सागको नवौ दिन १३ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज शनिबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।   आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । […]

December 8, 2019

साग फेन्सिङ – नेपाललाई अर्को रजत

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् । फेन्सिङमा नेपालले पुरुष टिम साबरमा […]

December 8, 2019

साग भारोत्तोलन -नेपालले २ स्वर्णसहित १६ पदक जित्यो

पोखरा (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारोत्तोलनमा उच्च प्रदर्शन गरेको छ । नेपालले २ स्वर्ण पदकसहित १६ पदक जितेको छ । सागमा यो नेपालको अहिले सम्मकै उच्च प्रदर्शन हो । नेपालले भाग लिएको २० मध्ये १६ इभेन्ट्समा पदक जितेको छ । पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ […]

December 8, 2019

बिच भलिबलमा विनिता र नेविकाको जोडीलाई कास्य

पोखरा(हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय बिच भलिबल टोलीले दक्षिण एशियाली खेलकुद (साग) मा पहिलोपटक समावेश गरिएको बिच भलिबलमा कास्यपदक जितेको छ । फेवाताल किनारस्थित बाराहीघाटमा भएको अन्तिम दिनको खेलमा नेपालकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो । […]

December 8, 2019

साग महिला ह्यान्डबल – नेपाललाई रजत

पोखरा (हाम्रो खेलकुद ) – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ । पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाएको हो । फाइनलमा नेपाल भारतसँग २१–३५ को गोलअन्तरले पराजित भएको हो । सुरुवातदेखि भारतसँग पछाडी परेको नेपालले कुनै पनि समयमा अग्रता […]

December 8, 2019

गौरिकालाई तेस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीबाज गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रच्दै सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि […]

December 8, 2019

जुडोमा देविकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा देविका खड्काले जुडोबाट पहिलो स्वर्ण दिलाएकी छिन् । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आइतबार भएको ५२ केजी मुनिको स्पर्धामा अपराजित रहँदै देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले यसअघि श्रलिंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै स्पर्णनजिक पुगेकी थिइन् ।

December 8, 2019

साग बक्सिङ – माला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माला राई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया […]

Success

Thank you for your time.